पछिल्लो डेढ महिनाको अवधिमा बजा’रमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ । अन्त’र्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।
लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्’न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।
प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ ।
प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।
प्रतिकृया दिनुहोस्