Monday, June 21

सुनका औँठी सिक्री लाएका, आइ फोन बोक्नेपनि राहतको लाइनमा

April 7, 2020 1426

लकडाउनका बेलामा अति विपन्न एवं ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई वितरण गरिने राहत हुनेखानेहरु नै ला’इनमा बसेर लिन थालेका छन् ।

कोभिड–१९ को सङ्क्रम’ण फैलिन नदि’न सरकारले लागू गरेको लकडाउनमा दैनिक मज’दुरी गरेर खानुपर्ने मानिस भोकै बस्नु नपरोस् भनेर स्थानीय तहले शुरु गरेको राहत वितरणको लाइन’मा करोडौँको सम्पत्ति भएकाहरु पनि बसेपछि वितरणमा स’कस पर्न थालेको छ ।

हातमा आइ’फोन बोकेका, औँलामा सु’नका औठी र घाँटीमा सिक्री लाउनेहरु लाइनमा बसेर राहत लिन थालेकाले सोचेभन्दा दोब्बर बढी राहत वितरण गर्नुपरेको मध्यपुर’थिमि नगरपालिकाका प्रमुख मदन’सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र सात हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हामीले आज’देखि सबै वडामा राहत वितरण सम्पन्न  गर्यौं, तर राहत लिन अधिकांश बाहिर जिल्ला’बाट यहाँ आएर भाडामा बस्नेहरु छन्,

रा’हत लिने आधाजति त हुने खाने नै छन्, हातमा आइ’फोन लिएर, सुनका सिक्री आँैठी लाएकाहरु गरिब, मजदुरलाई दिने राहत थाप्न आए’को देखियो ।”

“भूकम्पमा बरु पीडि’तको पहिचान भएर सजिलो भएको तर अहिले मजदुर र गरिबको पहिचान गर्न नसक्दा तीन हजार ५०० घरपरिवारलाई दिने भनेको राहत सात हजार परिवार’लाई दिनुपरेको बताउँदै उहाँले सरकारी जागिरे भएका’देखि विदेशमा बस्नेहरुका परिवार’समेत राहत लिन आएको बताउनुभयो ।”

यता सूर्यविनायक नगरपालिकाले वडा नं १ देखि ७ मा राहत वितरण सम्पन्न गरेको छ । नगरपालिकाले अहिले’सम्म चार हजार नागरिकलाई राहत वितरण गरिसकेको छ । वडा नं १ सिरु’टारमा राहत वितरणको क्रममा एउटै घरमा १० परिवारसम्म भाडामा बसेका सबै राहत लिन आएको वडाध्यक्ष सानु’काजी कायस्थले जान’कारी दिनुभयो ।

राहत लिन घर भाडा’मा लाउने घरमालिक’देखि जग्गा जमीन भएका’समेत आएको गुनासो गर्दै उहाँले ७०० भन्दा बढीको नाम सङ्कलन भए पनि वडाले छनोट गरी ४४१ परिवारलाई वितरण गरेको जानकारी दिनुभयो ।

सूर्यविनायक–८ सिपा’डोलमा राहत वितरणमा हातमा आइफोन र घाँटीमा सुनका सिक्री लाएका’हरु लाइनमा बसेर राहत लगेको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

कतिपयले पैसा छ, खानेकुरा किन्न पा’एनौँ भन्दै राहत लिन आएकोे उहाँले जान’कारी दिनुभयो ।यता सूर्य’विनायककै वडा नं ६ कटुञ्जेमा चारतले पक्की घर हुनेदेखि महिनाको रु ४५ हजार भाडा तिर्ने व्यापारीसमेत राहत लिन आएको वडाध्यक्ष रामेश्वर ध्वजूले जान कारी दिनुभयो ।

एउटै घरमा ४८ परिवार भाडामा बसेको र सबै राहत लिन आएको पाइएको जानकारी दिँदै एउटै परि’वारका श्रीमान् श्रीमतीले नै राहत लिन आएको जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवाली’ले सङ्कटको बेलामा हुने’खानेले हुँदाखाने वर्गलाई सहयोग गर्नुपर्ने बेलामा हुनेखाने नै राहत लिन आएको गुनासो चारैतिर’बाट आएको बताउनुभयो ।

उहाँले सूर्यविनायक नगर’पालिकाभित्र अन्तिम नामावली छनोटपछि करिब पाँच हजारलाई राहत सामग्री वितरण गरिने र राहत लाने सबैको नामावली, राहतको विवरण वेबसाइटबाट सार्व’जनिक गरिने जानकारी दिनुभयो ।भक्तपुर नगर’पालिकाले सोचेभन्दा धेरै मानिस वडामा राहत लिन नाम दर्ता गर्न आएपछि राहत वितरण नै शुरु गरेको छैन ।

प्रत्येक वडाबाट नामावली सङ्कलन गर्ने क्रममा स्थानीय’भन्दा पनि बाहिर जिल्लाबाट आएका र हुनेखानेहरु नै बढी आएपछि छनोट गरेर मात्रै वितरण गर्ने तयारी गरेको छ ।

नगरपा’लिका प्रमुख सुनिल प्रजापतिले राहत लिन हुनेखानेहरु धेरै आएपछि यो वि’कृति रोक्न र वास्तविक मजदुर तथा गरिबलाई छनोट गरेर राहत वितरण गर्ने तयारी गरेको बताउनुभयो ।

उहाँले भूकम्पको बेलामा भन्दा जटिल अवस्था अहिले राहत वितरणमा देखिएको बताउँदै वडावडाबाट सङ्कलित नामको वास्त’विक मजदुर र गरिबको पहिचान गरेर मात्रै कार्ड बाँडेर आज’बाट राहत वितरण शुरु गर्ने बताउनुभयो ।

त्यस्तै चाँ’गुनारायण नगर’पालिकाका प्रम्ुख सोम”प्रसाद मिश्रले सरकारले सित्तैमा दिने त हो नि भन्दै आ’वश्यक नै नभएका हुनेखानेहरु राहत लिने सूचीमा वडाबाट आएको बताउनुभयो ।

नामा’वली सङ्कलनमा घरजग्गा भएका, सरकारी जागिर भएका, विदेश’बाट पैसा आउने र सरकारी सुविधा पाउ’ने समेत राहत लिन आएको पाइएको बताउनुभयो ।

चाँगुनारा’यणले पनि आएका नाममा छनोट गरेर वडा तहबाटै राहत वितरण शुरु गरेको छ । यो खबर (राससमा) रमेश गिरीले लेख्नुभएको छ ।।

प्रतिकृया दिनुहोस्