Thursday, June 1

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरे १५ सांसद-लाई निलम्बन

December 31, 2020 978

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई कारबाही गरेका छन्। प्रधान’मन्त्री केपी ओली समूहको नेकपाका नेतासमेत रहेका राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्य’मन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांस’दलाई तीन महिनाका लागि निलम्बन गरेका हुन्।

नेक’पाका प्रमुख सचेतक वुद्धि’कुमार राजभण्डारीका अनुसार मुख्यमन्त्रीविरूद्ध अवि’श्वासको प्रस्ता’वमा हस्ता’क्षर गर्नेमध्ये १९ जनालाई स्पष्टिकरण सोधि’एकोमा १५ जनालाई निलम्बन गरिएको हो।

निल’म्बन पर्नेमा प्रदेश सांसद् भीमप्र’साद आचार्य, जीवन घिमिरे, ईन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलाव’ल्लभ अधिकारी, राजेन्द्रकुमार राई , यशोधा अधिकारी, लछुमन तिवारी, मोहन कुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ, कुसुम कुमारी श्रेष्ठ छन् ।

यसैबिच दा’हाल–नेपाल पक्षले संसदीय दलको नेता’बाट शेरधन राईलाई हटाएर भीम आचार्यलाई नेता बना’एको छ।

बिहीबार ब’सेको दाहाल–नेपाल पक्षीय बहुम’त सांसदको बैठकले राईलाई दलको नेताबाट हटाउँदै भीम आचा’र्यलाई नेता चनेर मुख्यमन्त्रीमा प्रस्ताव समेत गरेको छ।

प्रदेश-१ मा प्रत्य’क्षतर्फ ५६ र समानुपा’तिकतर्फ ३७ सिट गरी ९३ सिट छ। तत्कालीन एमा’लेका ५१, माओवादी केन्द्रका १६ गरी ६७, कांग्रेस २१, जनता समाजवादीका ३, राप्रपा १ र संघीय लोक’तान्त्रिक मन्चको १ सिट छ।

प्रदेशमा सरकार बनाउन ४७ सिट आवश्य’क पर्छ । अहिले सम्म कुनै समूहले एकलौटी सरकार बनाउ’न सक्ने अवस्था छैन्। सेतो पाटी

प्रतिकृया दिनुहोस्