Thursday, December 7

पाइलटको तलब घटाउने निर्णय ,यसअघि यति थियो तलब , हेर्नुहोस्

April 9, 2020 4831

हेलिकप्टर कम्पनी अन्तर्गतका पाइलट, इन्जिनियर, मुख्य पद धारक र कर्मचारी’को तलबमा कटौ’ती गर्ने निर्णय गरिएको छ। हेलि`कप्टर सञ्चालक संघको बुधबा’रको बैठकले ५ बुँदे निर्णय गर्दैे सदस्य हेलि`कप्टर कम्पनी`हरूको हकमा लागु हुने गरी कर्म`चारीको तलब कटौती गर्ने निर्णय गरेको छ।

जस`अनुसार पाइलटको तलब ७५ हजा`रदेखि १ लाख २५ हजारसम्म, इन्जिनियरको तलब ३५ देखि ७५ हजारसम्म, कि पोस्ट होल्ड`रको २५ देखि ५० हजार`सम्म र जुनियर स्टाफको सरकार`ले तोकेको न्यूनतम तलब १३ हजार ४५० त्यो भन्दा नघट्ने गरी का`यम गरिने निर्णय भएको संघका प्रवक्ता योगराज कँडेल शर्माले जान`कारी दिए।

यसअघि हेलिकप्टर पाइलट’को तलब ४ लाख`देखि ५ लाखसम्म, इन्जिनियर हरूको डेढ लाख’देखि ३ लाखसम्म, मुख्य पद धारण गर्नेको १ लाख २५ हजारसम्म र जुनियर स्टाफको १५ हजार देखि ४० हजार सम्म तलब निर्धारण गरिएको थियो।

तलब घटाउने सम्बन्धमा सम्बन्धित कर कार्यालय, श्रम कार्या`लय लगायत सम्बन्धित संस्थामा पत्रा`चार गरी कार्यान्वयन गरिने निर्णय गरिए`को छ। यहाँ कि पोष्ट होल्डर भनेर प्रबन्धक, निर्देशक जस्ता माथिल्लो तह`का कर्मचारी भएको बताइएको छ।

यस्तै संघले ग्राउन्ड हेलिकप्टर कम्पनी`लाई ग्राउन्ड इन्स्योरेन्स कभर गर्न आग्रह गर्ने निर्णय गरेको छ। यसका लागि बिमा समिति र नेपाल उड्डयन प्राधिकरण`लाई बोधार्थ गरी पत्राचार गर्ने र उक्त बिमा कार्यान्वयन`का लागि पहल गर्र्ने निर्णय संघको छ।

संघले २५ लाख रुपैयाँ कोरोना रोक|थाम कोषलाई दिने पनि निर्णय गरिएको छ। यस्तै, विगत`देखि बजारबाट उठ्न बाँकि रकम उठाउने पहल गर्ने निर्णय संघको छ।

हवाई कम्पनी`ले बजार`बाट उठाउन बाँकि रहेको २७ करोड रुपैयाँ १ महिना`भित्र उठाउने गरी सम्बन्धित कम्पनी|लाई पत्रा`चार गर्ने शर्माले जान`कारी दिए। यो खबर अन्नपुर्ण पोस्ट बाट लिइएको हो ।

प्रतिकृया दिनुहोस्