नेपाली संगीतको इतिहास चार र पाँच शताब्दी वा त्योभन्दा पर पनि जान सक्छ । गण्डकी क्षेत्रका मगर, गुरुङ समुदायमा खासखास चाड पर्वमा सोरठी, घाँटु आदिजस्ता गीति नाट्यहरूको परम्परालाई हेर्दा पनि प्रष्ट हुन्छ हाम्रो संगीतको विकासक्रम कहाँबाट सुरु भएको हो भन्ने ।
झ्याउरे वा झामरे गायन त पश्चिमका मगर, गुरुङदेखि पूर्वका राई, लिम्बू, तामाङ र खस भाषी समुदाय, यथा बाहुन, क्षत्री, दमाई, कामी र पहाडे मुसलमान समुदायसम्ममा लोकप्रिय रहेको पाइन्छ । समाजको प्रारम्भसँगै मनुष्यको जैविक रुचि र प्रकृति अनुरूप साहित्य कलाको प्रादुर्भाव भएको पुष्टि विश्वको सर्वप्राचीन ग्रन्थ ऋग्वेदको सामगायनले गर्छ ।
मुलुकको पहाडी क्षेत्रमा नेवार, मगर, गुरुङ, राई, लिम्बूजस्ता जातीय समुदायका आ—आफ्नै मातृभाषाका गीतहरू अहिलेसम्म थोरै भए पनि प्रचलित नै छन् ।
इतिहासको प्राचीन कालखण्डमा दक्षिणबाट लिच्छवी र पश्चिमको पर्वतीय क्षेत्रबाट मगर, गुरुङ र खस समुदायको किराँत क्षेत्र नेपाल खण्डमा आगमन र पूर्वी पर्वतीय क्षेत्रमा विस्तार भएर खस भाषा द्वितीय भाषाको रूपमा स्थापित हुन पुगेको थियो ।
यसरी मिश्रित जातीय बसोबासले कालान्तरमा धार्मिक, सांस्कृतिक, सामाजिक, भाषिकजस्ता आधारभूत सम्बन्धमा नेपाली जातीय एकताको रूप लिएको हामी पाउँछौं । नेपाली संगीतको स्रोत गाउँले कृषक समाजको सहजीवनमा खोज्नुपर्छ । समाजमा गाइने झ्याउरे र असारे भाकाका गीत पूर्णतः कृषि जीवनसित सम्बन्धित छन् ।
संवत् १८७१–७२ को नेपाल–अंग्रेज युद्धपछि ब्रिटिस गोर्खा भर्तीको सुरुवातसँगै नेपाली संगीतमा ‘पप’गायन भन्न सकिने परम्परागत झ्याउरेको नयाँ एवं परिस्कृत गायनको युग पनि सुरु हुन्छ । त्यस्तै १९६० सालपछि नेपाली आधुनिक संगीत यात्रा सेतुरामबाट सुरु भएको देखिन्छ । फौजको एकांकी र निरस जीवनको दैनिकीमा आफ्नो किशोरअवस्थालाई मायाप्रीतिसँग गाँस्दै गोर्खा जवानहरूले झ्याउरे भाकामा गीत गाएका थिए ।
इतिहासलाई पल्टाउने हो भने लोकसंगीतमा बागलुङ राङ्खानीका गो¥या सिरस (वि.सं.१८५३–१९५०) बागलुङ बलेवाका मनवीर खत्री, लमजुङ घनपोखराका माक्रुम गुरुङ, पल्लो किराँत इलामका जयदेव राईहरूले ईस्वीको १९ औं शताब्दीको सुरुदेखि नै झ्याउरे गायनमा नयाँनयाँ भाका हाल्न थालेका थिए ।
गण्डकी क्षेत्रको ‘सालैजो’ भाकाको लोकप्रिय गीत माक्रुम गुरुङले निकालेका थिए । सांस्कृतिक इतिहासविद् कालिभक्तको लेखनलाई आधार मान्ने हो भने आनन्द लहरी, मदन लहरी, प्रेम लहरी, मन लहरी जस्ता गीतिकाव्यहरूको रचना बीसौं शताब्दीको प्रारम्भदेखि नै भएको हो ।
निकै नैसुमधुर स्वरकी धनी बेनिषा पौडे’ल दुख पोख्दै मिडियामा आईन् । बिगत २ बर्षदेखि सँगीत क्षेत्रमा रहेकी बेनिषा सँगीत क्षेत्रमा सोचे जस्तो सफलता नपाउँदा धेरै दुखी छिन् । साथै परिवा’रको तनाव ठुलो छ ।
सानै उमेरदेखि परिवा’रको उतार चढाव देखेकी बेनिषाले नयाँ नयाँ न्युज नेपालका शिशिर भण्डारी’सँग कुरा गर्दै भित्री पिडा पोखिन् ।
बेनिषाले आफ्नो परिवारलाई ऋण लागेर बै.कले घर नै लिलाम गरेकोबताईन् । साथै आफुलाई धेरै’ले गीत दिन्छु भन्दै झुलाएको बताउँदै बेनिषा धु’रुधुरु रोईन् ।
भिडियो हेर्नुस….
प्रतिकृया दिनुहोस्