Sunday, April 18

आज सुनको भाउ बढ्यो की घट्यो ? हेर्नु’होस्

January 20, 2021 628

पछिल्लो डेढ महिनाको अवधिमा बजा’रमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ । अन्त’र्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्’न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बि’क्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो । पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरा’वट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो । कोराना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थाले’पछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यव’सायी महा’संघले जानकारी दिएको छ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यसैबीच मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तथापि आज भने नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।महासंघका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेकोे छ ।यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्