५ सेप्टेम्बर सन् १९७४ मा भक्तपुरको बागेश्वरीमा जन्मिएका रवि लामिछाने किशोरावस्थामै कार्यक्रम चलाउँथे । दाजु हरिशरण लामिछाने रेडियो नेपालका समाचारवाचक हुनुले उनमा आवाजको दुनियाँमा काम गर्ने प्रेरणा मिलेको थियो । तर, उनी देशभित्र लामो समय बसेनन् । मिडियामा काम गरिसकेका उनी मिडियामै काम गर्नेगरी स्वदेश फर्किए । गिनिज बुकमा नाम लेखाउने देखि जनताको समस्या उठाएर चर्चामा आए । चर्चासँग पटक पटक विवादमा आएका उनी हिरासतसम्म पुगेर धरौटीमा रिहा भए । उनको आरोह र अवरोहले भरिएको जीवन यस्तो छः
रवि लामिछानेले आफ्नो प्रारम्भिक शिक्षा भृकुटी माध्यमिक विद्यालयबाट लिए । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएका उनी प्रतिभाशाली छात्रका रुपमा चिनिन्थे । विद्यालय जीवनमा साहित्य र कलामा समेत लागेका थिए । विद्यालय जीवनपछि उच्च अध्ययनको लागि रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भएका थिए । तर, आइएभन्दा माथिको अध्ययन गर्न सकेनन् । त्यसपछि उनी अमेरिका बसाईँ सरे । संयुक्त राज्य अमेरिकाको बसाईमा फास्ट–फूड चेन जस्ता विभिन्न क्षेत्रमा व्यवस्थापकको रूपमा काम गरे । बोल्न सिपालु र आकर्षक जीउडालका उनी त्यहाँ पनि नेपालीहरुमाझ लोकप्रीय थिए ।
रवि लामिछानेको व्यक्तिगत जीवनका सुख दुःख उत्तिकै रोचक छ । विद्यालय जीवनमै प्रेममा परेका थिए लामिछाने । उनले आफ्नै स्कुल जीवनकी प्रेमिका इशा लामिछानेसँग किशोरावस्थामै विवाह गरेका थिए । उनीहरुका दुई छोरी पनि छन् । सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो ।
सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् । रविसँग अमेरिकाको ग्रीनकार्ड भएको विषय बाहिर समेत आएको थियो । तर, उनले पछि ग्रीनकार्ड त्यागेको घोषणा गरे । उनी सन् २००७ देखि २०१७ सम्म अमेरिकी नागरिक रहेको तथ्य भेटिन्छ । एक दशक अमेरिका बसाईँपछि फर्किएपनि उनले ग्रीनकार्ड छाडेका थिएनन् ।
यो विषय बाहिर आएपछि उनले ग्रीनकार्ड त्यागेको घोषणा गर्दै नेपाली हरियो पासपोर्टमा विदेश यात्रा गरेको सार्वजनिक गरेका थिए । रविको धेरै महिलासँग नाम जोडियो । जसमध्ये लोकप्रीय नायिका करिश्मा मानन्धर पनि हुन् । करिश्मासँग उनी अमेरिकामा लिभिङ टुगेदर बसेको विषय समेत बाहिर आयो । करिश्मालाई पत्रकारहरुले समेत यसबारे प्रश्न सोध्ने गर्थे । रवि लामिछाने हिरासतमा हुँदा उनको समर्थकहरुलाई करिश्माले भेडाको संज्ञा दिएर ट्वीट गरेकी थिइन् ।
२०१९ मा रविले चलचित्र विकास बोर्डकी पहिलो महिला अध्यक्ष निकिता पौडेलसँग विवाह गरे । निकिता पनि पारपाचुके गरेर बसेकी थिइन् । उनको पनि छोरी छिन् । दुवैजनाले मन मिलेपछि विवाह गरेका थिए । दुवैले अदालती विवाह दर्ता गरी हिन्दु परम्परा अनुसार विवाह गरे । यो विवाह नेपालमा भएको चर्चित विवाहमध्येको हो । निकिता चलचित्र निर्माता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलकी छोरी भएकीले पनि विवाहले चर्चा पायो ।
रवि लामिछाने जोखिम मोल्ने सेलिब्रिटी हुन् । उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रीय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
रविले “सिधा कुरा जनता सँग” भन्ने न्यूज २४ मा आफ्नो टेलिभिजन शो चलाउँदै आएका छन् । यो कार्यक्रम लोकप्रिय छ । यस शो मार्फत, उनले समाज, देश र व्यक्तिहरू सम्बन्धी वास्तविक तथ्यहरू देखाएर सरकारी निकाय र मानिसहरूलाई सचेत र सतर्क गराउँदछन् । कार्यक्रमका कतिपय विषयवस्तु विवादमा पनि आउने गर्छ ।
जासुसी तरिकाले खोजी समाचार पस्केर रविले धेरैको ध्यानाकर्षण गराए । मूलधारको पत्रकारिताभन्दा भिन्न शो चलाएर रवि धेरैका प्रीय भए । बहुमुखी प्रतिभा भएका रवि गीत लेखनमा पनि सुनिएको नाम हो । उनको लोकप्रीय गीतहरु नविन भट्टराई र रामकृष्ण चित्रकार जस्ता कलाकारले गाएका छन् ।
यो वर्ष रवि लामिछानेका लागि चुनौतीपूर्ण रह्यो । आफ्नै पूर्व सहकर्मी शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि भिडियो बाहिर आयो । जसमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गरेको भनिएको छ । यसैका आधारमा प्रहरीले तीनैजनालाई आत्महत्याको दुरुत्साहनमा पक्राउ गर्यो । रवि लामिछाने पक्राउ घटनाले देशभित्र र बाहिर समेत चर्चा पायो । रवि लामिछानेलाई अदालतले धरौटीमा छाड्न आदेश दियो । उनी नायकको शैलीमा हिरासतबाट निस्किए ।
लामिछाने लोकप्रीय रेडियो पत्रकार हरिशरण लामिछानेका भाई हुन् । हरिशरणको आवाज धेरैका लागि परिचित नै छ । रविको नाम चर्चामा आएको केही वर्षमात्र भएको छ । हरिशरणले रवि अप्ठ्यारोमा पर्दा खुबै साथ दिए । उनले अभिभावकका रुपमा भाईका लागि योगदान पुर्याए ।
त्यस्तै लोकप्रिय टिभी कार्य’क्रम प्रस्तोता रवि लामि’छानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ । रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् ।बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसा’रण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।उनी नयाँ आउन लागेको टेलि’भिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।
लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम’लाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभि’जनबाट पुनः दर्शकमाझ आउने बताएका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । उनी टेलिभिज:नको कार्यक्रम विभा’गमा प्रमुख कार्य:कारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
उनले सा’माजिक संजाल फेसबुकमा भावुक हुँदै लेखे’का छन् भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसार’कालागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदर’णीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभा’र व्यक्त गर्दछु।
मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आद’रणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।रवि लामिछा’ने नेपा’लबाट अमेरि’का पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभि’जन अन्तर्वा’र्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।’
रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चला’उछन्। वि.सं. २०७६ भाद्र महि’नामा उनका सहकर्मी शालिकराम पुडासैनीको देह’त्या’ग पश्चात्, उनले रेकर्ड गरेको भिडियो’को आधारमा रवि लामिछा’नेलाई प्रह’रीले पक्राउगरी अदालतमा पेश गरेको थियो। पछि यथेष्ट प्रमाण नपुगेको भन्दै चित’वन जिल्ला अदा’लतले आगामी दि’नमा मु’द्दाको बारेमा अन्तर्वार्ता नगर्ने शर्तमा पाँच लाख धरौ’टीमा रि’हा गरेको थियो ।
यहाँ तल थिचेर भिडि’यो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्