जग्गा धनी’लाई थाहै नदिई का’गजात किर्ते गरी जग्गा बेच्ने माल’पोतका अधिकृतसहित दुई जना कर्मचारी प’क्राउ परेका छन्। प्रह’रीले ठ’गी आरो’पमा माल:पोत कार्यालय, कलंकीका शाखा अधिकृत दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो। महानगरीय प्र:हरी परिसर, काठमाडौंका प्र:हरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टका अनुसार उनीहरूले कागजात किर्ते गरी ७२ लाख रुपैयाँ ठ’गेका थिए।
दाहाल र श्रेष्ठले थानकोटकी मीना खड्काको ना:ममा रहेको २० आना जग्गाको नक्कली कागजात बनाएको डिएसपी विष्टले बताए। उनका अनुसार जग्गा बिक्री हुँदा मीना खड्का बेल्जिय:ममा थिइन्।श्रेष्ठ र दाहालले नक्कली जग्गाधनी पुर्जा र नाग’रिकता देखाएर जग्गा बिक्री गरेका थिए। सो जग्गा बिक्री गर्न अधिकृत दाहाल ले सुब्बा श्रेष्ठको टोली खटाएका थिए।
श्रेष्ठले कलंकीस्थित एक होटलमा पोहो र साल पुस २३ गते राजीनामा लिखत पारित गरी नयाँ मान्छेको नाममा नामसारी गरेका थिए। जग्गा पास भएको केही दिनपछि बेल्जियममा रहेकी मीनाले थाहा पाइन्। स्वदेश फर्किएर उनले माल’पोत कार्या’लय कलंकीमा रहेको मोठ जग्गा धनी दर्ता श्रेस्तामा सच्याई नाम’सारी बदर गरेकी थिइन्। त्यसपछि जग्गा किन्नेहरूले प्र’हरीमा उजु’री दिएका थिए।
‘नामसारी बदर भयो तर दाहाल र श्रेष्ठले पैसा फिर्ता गरेनन्,’ डिएसपी विष्टले भने,’त्यही मु’द्दामा हामीले दुई जनालाई नि’यन्त्रणमा लिएका हौं।’शाखा अधिकृ’त दाहालले जाहे’रवालाहरूलाई बोलाएर राजीनामा लिखत र जग्गाधनी प्रमाणपूर्जा फिर्ता लिएर आफैं राखेको डिएसपीले बताए। प्र’हरीले उनीहरू’माथि थप अनु’सन्धान गरिरहेको छ। – सेतोपाटी
प्रतिकृया दिनुहोस्