बाल गायक सचिन परियारको पहिलो गीत युटुबको ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। केही दिन अघि लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज ‘ओठ खोलेर’ बोलको गीतलाई छोटो समयमा अत्याधिक भ्युज मिलेको छ। सचिन परि’यार, रविना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको सुमधुर आवाज रहेको गीतमा महेन्द्र भण्डारीको संगीत रहेको छ भने गणेश अधिकारीको शब्द रहेको छ।
गीतलाई दर्शक स्रोताले एकदमै रुचाएका छन्। ३ दिनको अवधिमा गीतलाई युटुबमा १६ लाख बढी भ्युज, एक लाख बढी लाइक र ५ हजार बढी सकारात्म’क कमेन्ट मिलेको छ। गुल्मीका सचिनको यो पहिलो गीत हो। गीतका निर्माता लेकसाइड टिभीका सन्चाल:क सविन छेत्री हुन्।
गीतको भिडि’योमा सचिन, रबिनालाई देख्न सकिन्छ। सचिन र रबिनाका अलवा मो:डल करिश्मा ढकाल, सबिन छेत्री,अर्जुन कुँवर, एलिना रायमाझी लगायतला कलाकारहरु पनि भिडियोमा फिचर्ड छन्। भिडि’योलाई स्मृति तिमि’ल्सिना गुरुआमाले निर्देशन गरेकी हुन्। सुरेश श्रेष्ठले आ’कर्षक फ्रेममा खिचेको भि’डियोलाई शिव पौडेलले सम्पादन गरेका हुन्।
त्यस्तै उनले लोकप्रिय हास्य टेलिश्रृ’खला मेरी बास्सै मा पनि अभिनय गरेका छन् । उनले अभि’नय गरेको उक्त श्रृंखला युट्युबको ट्रेण्डिङ मा समेत परेको छ । हेरौं उक्त भिडियो
प्रतिकृया दिनुहोस्