Sunday, March 7

रवि लामिछाने बिनाको सीधाकुरा जनतासँग कार्यक्रमको भिडियोमा लाइक भन्दा दोब्बर बढी डिस्लाइक

January 25, 2021 2564

नेपाली टेलिभिजन इतिहासमा सबैभन्दा बढी चर्चित न्युज बेस कार्यक्रम सिधा कुरा जनतासँग विवादमा तानिने भएको छ । केही दिन अघिमात्र उक्त कार्यक्रमका प्रस्तोता रबि लामिछानेले टिभि छाडेपछि सिधा कुरा जनतासँग कार्यक्रम केही समयपछि नयाँ टेलिभिजनमार्फत प्रसारण गरिने बताईएको थियो ।

रवि लामिछाने ले केही दिन अघि मात्र आफ्नो आधिकारिक फेसबुक एकाउण्टमा एउटा पोस्ट लेख्दै आफू कार्यरत टीभिका सम्पूर्ण टीम लाई धन्यवाद दिँदै यस्तो पोस्ट राखेका थिए :

भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसरकालागि सम्पुर्ण news 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।

भोलीको कार्यक्रम गरेर न्युज२४ बाट बिदा लिने जनाएका रवि लामिछानेले भोलि पल्ट अन्तिम कार्यक्रम लाईभ गर्न नपाएको मा दुःख व्यक्त गर्दै अर्को पोस्ट गरे । उनले महत्वपूर्ण रिपोर्ट नै प्रसारण नगरिदिएको भन्दै न्युज २४ टेलिभिजन प्रति गुनासो गरे । उनले लेखे :
दुख लाग्यो…५ वर्ष काम गरेको संस्था छोड्नु पर्दा दुख लाग्यो। अन्तिम कार्यक्रम Live गर्न नपाउदा दुख लाग्यो, अन्तिम कार्यक्रमको अन्तिम र मुख्य रिपोर्ट नै काटिएकोमा झन दुख लाग्यो। हाम्रो टिमले तयार पारेको अन्तिम रिपोर्टमा के थियो त जुन प्रशारण गरिएन? त्यो सामग्री पोष्ट गर्दैछु।

त्यसको भोलिपल्ट अब हामी अर्को कार्यक्रम मा जुट्यौ, टीम विस्तारको लागि प्रदेश १ जाँदैछौं भन्ने पोस्ट गर्दै कोही सँग गुनासो भए यहाँ उपलब्ध नम्बरमा टीपाउनुहोला होला भन्दै अर्को पोस्ट गरेका थिए , उनले लेखेका थिए :
अब कार्यक्रमको तयारीमा जुट्यौ।।टिम विस्तार गर्न आज प्रदेश १ जाँदैछौ।यस बीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि आफ्नो गुनासो टिपाउनु होला।हाम्रो नयाँ सम्पर्क नम्बरहरु अत्यधिक शेयर गरि अप्ठ्यारोमा पर्नु भएका सर्वसाधारण सम्म पुर्याउन मद्दत गरिदिनु होला।

त्यस बीचमा न्युज २४ टेलिभिजनले पनि आफ्नो आधिकारिक फेसबुक पेजमा एक फोटो राख्दै उही रफ्तार उही गति का साथ उही समय तालिका मा सीधाकुरा जनतासँग कार्यक्रम गर्ने जानकारी दियो । यो पोस्ट आए लगत्तै रवि बिनाको कार्यक्रम कस्तो होला भन्ने कौतुहलता सबैको मनमा आयो । आउनु स्वाभाविक पनि थियो ।

त्यस्तैमा हिजो आइतबार न्युज २४ टिभि उक्त कार्यक्रमको निरन्तरता दिँदै नयाँ कार्यक्रम प्रस्तोताले कार्यक्रम चलाइन् । कार्यक्रमको सुरुवातमा कार्यक्रमप्रतिको योगदानको लागि रवि लामिछाने लाई धन्यवाद दिएकी थिइन् । हिजोको कार्यक्रम मा कोरोना फ्रन्ट लाइनमा खटिने स्वास्थ्य कर्मी सुरक्षा कर्मी लगाएतलाई प्रसंसा गर्दै स्वास्थ्य मन्त्री हृदेश त्रिपाठी सँग फोन संवाद गरेकी थिइन् ।

तर उक्त कार्यक्रम युटुब मा अपलोड गरेको १२ घण्टा नबित्दै भिडियोमा लाइक को दोब्बर डिसलाइक आएको छ भने कार्यक्रमको चर्को आलोचना भएको छ । कमेन्ट गर्नेले भनेका छन् रवि बिनाको कार्यक्रम नुन बिनाको तरकारी जस्तै भयो  । यो सामग्री तयार पार्दा सम्म ३ हजार ७ सय लाईक , ६ हजार ९ सय डिसलाइक र ४ हजार ४ सय कमेन्ट छन् । केमेन्ट गर्ने अधिकाश ले रवि बिनाको कार्यक्रम प्रति नकारात्मक टिप्पणी गरेका छन् । कार्यक्रम हेर्न यहाँ थिच्नु’होस्…

प्रतिकृया दिनुहोस्