Tuesday, April 13

नेपालमा फेरि ३ कोरोना संक्रमित थपिए , यो सँगै संक्रमितको संख्या १२ पुग्यो

April 12, 2020 4946

बीरगञ्जमा उपचार”रत तीन जनामा कोरोना संक्रम”णको पुष्टि भएको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो ।

यो संगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । संक्रमि’तहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।

बिहीबार स्क्रीनिङको क्रम’मा उहाँहरुले आफू भारतबा”ट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताउनुभएको थियो । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रह’रीले जनाएको छ ।

हेटौंडामा परीक्षण गरिएको तीन वटा नमुनामा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनु”सन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजे’टिभ हो वा होइन भन्ने छुट्या’उन नसकेपछि थप निर्क्यौलका लागि नमुनालाई काठमाडौं टेकु स्थित ‘राष्ट्रिय ज’नस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

काठमाण्डौमा परिक्षण पछि पनि उहाँह’रुलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।यद्यपी आधिकारीक पुष्टी भने सरकारले गरेको छैन । आधिकारिक घोषणा भोलि गरिने सामा’जिक विकास मन्त्रालयका उच्च स्रोतले जानकारी दिएको छ ।

हेटौडा’को परीक्षण केन्द्रमा तीन पटक परीक्ष’ण गर्दा पनि रिपोर्ट पोजेटिभ देखिएपछि तीनै जना’को पुन परीक्षणको लागि काठमाडौ पठाईएको कीटजन्यरोग अनुसन्धान केन्द्र वाग्मती प्रयोगशा’लाका निमित्त प्रमुख नारायण कार्कीले बताउनुभयो ।

उहाँहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानग’रपालिका छपकैयास्थित मस्जिदमा’ लुकेर वसे’को अवस्थामा नियन्त्रणमा लिएर नारा’यणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्सा’का सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले जानकारी दिनुभयो । – हेल्थ पाटी बाट साभार

प्रतिकृया दिनुहोस्