नेपाल प्रह’री र सशस्त्र प्रह&री बलले रासनभत्ता ५० प्रति’शत बढाउन सिफारिस गरेका छन् । पछिल्लो पाँच वर्षयता रासनभत्ता वृद्धि नभएकाले अहिलेको पाँच वर्षको हिसाब गरी एकमुष्ठ ५० प्रतिशत बढाउन दुई प्र’हरी संगठनले गृह मन्त्रालयमा सिफारिस गरेका छन् । मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्य’क्षतामा एक समिति गठन गरी सुरक्षा निका’यमा रासन’भत्ता बढाउने तयारी गरिरहेको छ ।
यही माघदेखि नै लागु हुने गरी रासनभत्ता बढाउन गृहकार्य भइरहेको छ । २०७२ को माघयता रासनभत्ता वृद्धि हुन सकेको छैन । रासनभत्ता वृद्धिका लागि दुवै प्र’हरीबाट प्रस्ता’व आएको तर निर्णय भइन’सकेको सहसचिव गौतमले बताए । ‘रासनभत्ता कति बढाउने भन्ने छलफलमै छ’, उनले भने, ‘केही दिनभित्रै यसलाई टुंग्याउनेछौ ।’ नयाँ पत्रिका
अर्को पनि समाचार .. २०७२ सालमै उद्घाटन भएको बिपी राजमार्ग पुनः उद्घाटन गरिँदै.. !१८ असार २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गरेको बिपी राज’मार्गलाई केही ठाउँको पुनर्निर्माणपछि पुनः उद्घाटन गरिँदै छ ।
बिहीबा’र भौतिक पूर्वा’धार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भर्चुअल माध्यमबाट उद्घाटन गर्न लागेका हुन् । एकपटक उद्घाटन गरिस’किएको सडक केही स्थानमा मर्मत तथा पुनर्निर्माण गर्दैमा फेरि उद्घाटन गर्नु हास्या’स्पद रहेको पूर्वाधार क्षेत्रकै जानका’रहरूको भनाइ छ ।
मन्त्रालय स्रोतका अनु’सार मन्त्री नेम्वाङले भौतिक रुपमा भव्य का’र्यक्रम गरेर नै सडक पुनर्निर्माणको उद्घाटन गर्ने का’र्यक्रम बनाएका थिए । तर, सडक निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्ने निकाय जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले को’रोना महामा’रीका कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड’अनुसार सामाजिक दूरी कायम नहुने अडान लिएपछि अनलाइन प्रविधिको प्रयोग गरेर उद्घा’टन गर्न लागि’एको हो ।
‘सडक मर्मतको का’म उद्घाटन गर्नुपर्ने नै थिएन तर केन्द्रीय सरकारको मन्त्रीले नै उद्घाटन गर्ने भनेपछि जाइका’जस्तो संस्था’ले प्रतिष्ठाकै लागि पनि खुसी’साथ कार्यक्रम गर्दैै छ,’ मन्त्रालय स्रोतले बतायो । जापान सरकारले ०७२ असार १२ को भूकम्पपछि नै सडक नेपाललाई हस्तान्तरण गरेको थियो । तर, कुल १ सय ६० कि’लोमिटर लामो बिपी राज’मार्गमा भूकम्पका कारण विभिन्न ठाउँमा जोखि’मयुक्त बनाएको थियो ।
त्यस्ता, जोखि’मयुक्त २५ स्थानको पुनर्निर्मा’ण कार्य हालै सकिएको छ । उच्च संवेदनशील रहेका पाँच ठाँउमा पुनर्निर्माणको जिम्मा लिएको जाइकाले २६ पुसमा नि’र्माण सम्पन्न गरेको बिपी राज’मार्ग आयोजना प्रमुख सूर्यबहादुर भाटले जानकारी दिए । ‘संवेद’नशील र अन्य गरेर बाँकी २० ठाउँमा भने नेपाल सरकारले पुनर्नि’र्माण तथा मर्मत गरिसकिएको छ’ उनले भने । नयाँ पत्रीका
प्रतिकृया दिनुहोस्