Saturday, September 23

आज वि.स. २०७७ को पहिलो दिन। यसरी सुरुभयो विक्रम संवत, पढ्नुहोस्

April 13, 2020 1387

आज विक्रम संवत् २०७७ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदान’प्रदान गरी मनाइँदैछ ।

आज हरेक व्यक्ति’ले गत वर्ष गरेका काम’को सफलता÷असफलता मूल्याङ्कन गरी असफ’लता दोहोरिन नदिने र सफल’ता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् इतिहासकार प्रा डा दीनेशराज पन्तले  मल्लकाल’देखि नेपाल’मा मौलिक संवतका रुपमा विसं चलेको बताए । “नेपालमा मात्र मौलि’क रुपमा यो संवत् चल्छ, भारतमा सरका’री संवत शक संवत भए पनि व्यहार’मा इस्वी संवत चलेको छ”–उनले भने  ।

नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारी’समेत उनले दिए  । यी संवतमध्ये अहिले मानदेव संवत’को चलन हराइ’सकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरात’बाट आएका विद्वान’ले किताब सार्दा पहिलो’पटक विसंको प्रयोग गरेको लिखि’त दस्तावेज फेला परेको पनि इतिहास”कार पन्तले सुनाए । विक्र’म संवत्लाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो ।

नेपाल पञ्चाङ्ग निर्णायक समि’तिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  विसं शास्त्रीय संवत भएको बताए  । “सौरमान र चान्द्रमान दुवैलाई समन्वय ग’रेर बनाइ’एको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपास’कले चलाएका’ले नै यसलाई विक्रम संवत भनिएको हो”–उनले भने  ।

राजा विक्रमादित्यले चलाएको संवत् भएका’ले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । – लोकानर बाट

प्रतिकृया दिनुहोस्