नेपाली बजारमा आज सुन’चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रूपैयाँले ब’ढेको हो । नेपाल सुनचाँदी व्यव’सायी महासंघले आजका छापावा’ल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ काय’म भएको छ ।
तेजाबी सुनको मूल्य आज तोलामा ५०० रूपैयाँले नै बढेर तोलाको ९२ हजार १०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ८० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस्…सुकुम्बासी जग्गा’धनी पूर्जा वितरणलाई तीव्रता दिन मन्त्री पौडेलको निर्दे’शन
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएका छन । अर्थ मन्त्रालयमा आज भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले भूमिहीनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरकारको उच्च प्राथमिकतामा रहेकाले तत्काल पूर्णता दिन आग्रह गरेका हुन ।
उनले वास्तविक भूमिही’नको लगत संकलन स’म्पन्न गर्दै मापदण्डभित्र परेकालाई जग्गा’धनी पूर्जा उपलब्ध गराउन निर्दे’शन दिएको अर्थ मन्त्रालयले जनाएको छ । “स्रोत र जनशक्तिको अभाव हुन दिने छैनौंँ”, अर्थमन्त्री पौडे’लले भने, “काम र परिणाम पनि त्यही’अनुसार आ’उने गरी काम गर्नुहोस् ।”
सो अवसरमा आयो’गका अध्यक्ष देवीप्र’साद ज्ञवालीले स्थानीय तहसँग पनि सहकार्य र समन्वय गर्दै काम गरिएको जानकारी दिँदै आफूहरुले १८ घण्टा खटेर काम गर्ने बताउनु’भयो । उहाँले आयोगका पदाधि’कारीले अहिलेसम्म गरेको कार्य प्रगति र भावी लक्ष्य पनि प्रस्तुत गरेका थिए ।
आयोगका अनुसार ७४ जिल्लाका ४०१ स्थानीय तहसँ’ग भूमिहीन दलित, सुकुम्बासी र व्यवस्थित बसोबासी व्यवस्थापनका लागि समझदारी भइसकेको छ भने १४ स्था’नीय तहमा लगत संकलन जारी छ । आगामी फागुनसम्ममा ७५३ स्थानीय तहसँग समझ’दारी गरी एक सय स्थानीय तहको लगत संकलन सम्पन्न गरी कम्तीमा पाँच लाख परिवारको विवरण संकलन गरिनेछ । यस्तै २०७८ साल असार’सम्ममा कूल १०० स्थानीय तहको नाप’जाँच गरी कम्तीमा ५० हजारलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी छ ।
प्रतिकृया दिनुहोस्