Friday, December 1

सांसद नहुँदा पनि बाँचे’कै थिएँ, एक वर्षको तलब राहत कोष’लाई दिन्छु: नारायणकाजी श्रेष्ठ

April 13, 2020 1139

सत्ता’रूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा’का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायण’काजी श्रेष्ठले एक वर्षको पारि’श्रमिक राहत कोषमा दिने बताएका छन्।

एक वर्षको पारिश्रमि’कमध्ये दुई महिनाको कोरोना रोक’थाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारि’श्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने श्रेष्ठले बताएका हुन्।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न संक’टको सामना गरिरहेका छौं। यसबेला एकता’वद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ सोम’बार ट्वीट गर्दै श्रेष्ठले भनेका छन्, ‘यस स्थि’तिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहा’त प्याकेज’का लागि दिने घो’षणा गर्दछु।’

उनले सांसद नभए’का बेला पनि घर’खर्च पार्टीले दिँदै आएको’समेत उल्लेख गरेका छन्। ‘यस’अघि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पूर्व पार्टीले दिँदै आएको थियो,’ उनले भने’का छन्, ‘खाना’सहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले।‘

उनले आफू घुस र भ्रष्टा’चारको श’त्रु भएको पनि बताएका छन्। ‘घुस र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हाउस’सँग चन्दा नलिने नीति सार्व’जनिक गरी लागू गर्दै आएको छु,’ उनले भनेका छन्।

सांसद नभए’का बेला पनि आफ्नो जीवन च’लेकै थियो भन्दै श्रेष्ठले थपेका छन्, ‘सांसद नभएको यस अ’घिको नौ वर्षको अवधि’मा पनि खाएकै थिएँ, बाँ’चेकै थिएँ।’ यो खबर सेतोपाटी डट कम बाट लिएका हौ ।

प्रतिकृया दिनुहोस्