नेपाली बजारमा आज पनि सुनको मूल्य घ’टेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन ९०० रूपैयाँले घटेर ९१ हजार १०० रूपैयाँ का’यम गरिएको छ ।तेजाबी सुनको मूल्य आज तोलाको ९० हजार ६०० कायम भ’एको छ । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँ घटेर १३०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
यो पनि…वि’द्युत् निर्यात गर्न सकिने गरी आयो’जनाको काम भइरहेको छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कालीग’ण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोही आयोजनाअ’न्तर्गत कुश्मा नगर’पालिका–२ खुर्कोटस्थित २२०\१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थित २२०\१३२\३३ केभी सबस्टेसनको पनि उद्घा’टन गरेका हुन् । प्रधान’मन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चु’अल विधिमार्फत उ’द्घाटन गरेका हुन् ।
भर्चुअल विधि’बाट सम्बोधन गर्दै प्र’धानमन्त्री ओलीले मुलु’कबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए । विद्युत् उत्पादन र प्रसार’णतर्फका निर्माणाधीन आयोजना सम्पन्न भएपछि नेपाल छिमेकी देशहरु’लाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उनले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपब’हादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए ।
प्रतिकृया दिनुहोस्