अस्ट्रेलियाको उत्तरी क्वीन्स’ल्याण्डको एक प्राथमिक स्कुलको खेलमै’दानमा आ’काशबाट उल्कापिण्ड खस्यो । आसपासको क्षेत्रमा यो खबर डढेलोझैं फैलियो । मैदानमा उल्का’पिण्डका कारण धाँस उखेलिएको थियो । यो खस्दा खाल्डो परेको थियो र पिण्डबाट धुवाँ नि’स्किरहेको थियो ।
खबर थाहा पाउ’नासाथ नासा’का वैज्ञा’निक उत्साहित हुँदै जाँचका लागि पुगे तर उनीहरु जिल्ल परेर फर्किनुपर्यो । उत्तरी क्वीन्सल्या’ण्डको मालंडा स्टेट स्कुलका प्रिन्सि’पल मार्क एलनका अनुसार यो घटनाका विषयमा सोध्न उनीहरुलाई संसार’भरबाट फोन आइरहे’का छन् ।
डेली’मेल अनुसार पि’ण्ड खसेपछि त्यो ठाउँ घेराबन्दी गरिएको थियो । पुलिसले सुरक्षा दिएको थियो र नासाका वैज्ञा’निक जाँच’का लागि पुगेका थिए । जब वैज्ञानि’कहरुले स्कुलका शिक्षक तथा अन्यसँग सोधपुछ गरे र उल्कापि’ण्डको जाँच गरे त्यसपछि उनी’हरु जिल्ल परे ।
मार्क एलनले वैज्ञानिकहरुलाई यो अन्तरिक्षबाट खसेको उल्कापिण्ड नभएको बताएका थिए । यो त स्कुलले विद्यार्थीहरुलाई उल्कापिण्डको बारेमा जानकारी दिनको लागि गरेको प्रयोगात्मक कक्षा थियो । प्रिन्सिपल मार्क एलनका अनुसार विद्यार्थीहरुलाई उल्कापिण्ड खसेको बारे रिपोर्ट तयार गर्न भनिएको थियो ।
विद्यार्थीहरुलाई प्रत्यक्षदर्शीसँग कुरा गर्न र पु लिसको सक्रियताबारे पनि रिपोर्टमा उल्लेख गर्न भनिएको थियो । यस’को लागि पुलि’सको पनि सहयोग लिइएको थियो । सामाजिक संजालमा भने यसबारे विस्तृतमा नबताइ स्कुलमा एउटा उल्कापिण्ड खसे’को भन्दै पोस्ट गरिएको थियो ।
सामाजिक सं’जालमा पोस्ट देखेपछि नासाका वैज्ञा’निक त्यहाँ पुगेका थिए तर जब वास्तविकता थाहा भयो त्यसपछि भने उनीहरु चकित परे । उल्कापिण्डको ल्याण्डिङ एकदमै वास्त’विक देखिएको थियो त्यसैले सबै झुक्कि’एका थिए । एउटा सानो स्कुल’को कक्षालाई विश्वले यसरी हेर्नेछ भन्ने कसैलाई अनुमान थिएन । डिसी नेपाल
प्रतिकृया दिनुहोस्