April 17, 2020 1799
चितवनको राप्ती नगरपालिका’मा बेलायत’बाट आएका एकै परिवारका दुई जनामा कोरोनाको संक्रम’ण देखिएको छ। भरतपुरस्थित प्रयोगशालामा पिसिआर परीक्षण गर्दा उनीहरूको नतिजा पोजेटिभ देखिएको हो।
पोजेटिभ देखिएपछि अस्पताल’ले पुनः परीक्षणको लागि दुबैको स्वाब काठमाडौं पठाएको छ। उनीहरू’ले आफू एक महिना अघि बेलायत’बाट हङकङ हुँदै आएको अस्पताललाई बताएका छन्।
अहिले दुबै जना भरतपुर अस्पता’लको आइसोलेसन’मा छन्। जसमा एक महिला र एक पुरुष छन्। उनीहरूसँगै आइसोले’सनमा बसेका परिवारका अर्का सदस्यको भने नतिजा नेगेटिभ आएको छ।
उनलाई केहीबेरमा अस्पताल’ले डिस्चार्ज गर्ने तयारी गरेको छ ।आइसोलेसनमा रहेका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पता’लले जनाएको छ। यो खबर सेतोपाटी बाट लिईएको हो ।
प्रतिकृया दिनुहोस्