Friday, June 9

कोरोना त्रास`को बेला जनकपुरमा अपरिचित महिलाले यसरी पैसा फाल्दै हिँडे (हेर्नुहोस् भिडियो)

April 18, 2020 3139

जनकपुरधाममा दुई जना अपरि’चित महिलाले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन्। जनकपु’रधाम वडा नम्बर ४ महावीर चोक’मा दुई महिलाले सडक र पसल छेउमा पैसा फालेर भागेपछि स्थानीयबासी त्रसित भएका हुन्।

आज दिउँसो करिब एक बजेतिर दुई जना महिला’ले १० रुपैयाँको नोट फ्याँकेर भागेको स्थानीयबा’सीको भनाइ छ। नीलो र हरियो रंगको साडी लगाएका उनीहरूले करिब सय मिटर’को दूरीसम्म सडक र पसलको छेउमा पैसा फ्याँक्दै भागे’को स्थानीयबासीले बताए।

‘सडकमा पैसा किन फालेको?’ भन्दै सोधेपछि दुबै जना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीयबासी’को भनाइ छ।

निलो र हरियो रंगको लुगा लगाएका दुई जना महि’ला १०/१० रुपैयाँको नोट सडकमा फाल्दै हिँडेको हामीले देख्यौं, पैसा किन फालेको सोधेपछि दुबै जना महिला भागे,’ महावीर चोकका एक स्था’नीयले भने।

त्यसपछि आफूहरूले प्रहरी’लाई तत्काल खबर उनीहरूले बताए। घटनास्थलमा पुगेको प्रहरी टोलीले नोट फालिएको स्थानमा स्यानिटाइज गरेको छ।

ती महिलाको खोजी भइरहेको जिल्ला प्रहरी कार्या’लय धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए। ‘सडकमा १०/१० रुपैयाँ छरिएको अवस्थामा हामीले फे’ला पारेका छौं,

उनीहरूले किन ती नोट फाले’का हुन्। त्यसको समेत अनुसन्धान सुरू गरेका छौं,फाल्ने व्यक्तिहरूको खोजी समेत भइरहेको छ’, इन्स्पेक्टर झाले सेतोपाटीसँग भने। यो खबर सेतोपाटी बाट लिईएको हो । हेर्नुहोस् भिडियो..

प्रतिकृया दिनुहोस्