ने’कपा दाहाल-नेपाल समूहकी अध्यक्ष रामकु:मारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको अन्त्यको बेला आएको बताएकी छन्। आफूलाई प’क्राउ गर्न शंखमुलस्थित घरमै अपराध महाशाखाको टोली आइपु’गेपछि उनले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि कडा टिप्पणी गरिन् ।
उनले भनिन्, ‘तपाईंहरुलाई थाहै छ नि ! राष्ट्रपतिको भूमिकाप्रति कोही पनि सन्तुष्ट छैनन्। कानुन:ले नगर्नु भनेका बाहेक सबै काम गर्नुभएको छ उहाँले । हामी गणतान्त्रिक व्यवस्थाको पक्षमा छौँ । राजतन्त्र:कालिन भद्दा अभ्यास गर्न लाग्दा मैले बो’लेकी हुँ, बोलिरहन्छु।’
उनले भनिन्, ‘गणतन्त्रका प्रतीकले राजतन्त्रकालीन अभ्यास गरे । त्यसैको परिणाम हो अहिलेको घट’ना । युरोप अमेरिकाका राष्ट्रप्रमुख’हरुको पनि त्यो खालको वैभव छैन। प्रधानमन्त्री’को एसिस्टेन्ट या मतियारका रुपमा राष्ट्रप:तिले भूमिका खेलिन्। त्यही भएर विरोधमा उत्रिनुप:रेको हो।’
झाँक्रीले ओली र भण्डारीको प्वाँख पलाएको बताइन्। ‘तानाशाहहरु ढल्नेबेला यस्तै हुन्छ, प्वाँख पलाउँछ यो त्यही भएको हो’, उनले थपिन्, ‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभयो । त्यसको मतियार राष्ट्रपति हुनुभयो भनेर त हामी सड’कमा लडिरहेका छौँ नि, मैले बोलेको कुरा सानो कुरा हो । यसलाई ठूलो मु’द्दा बनाइयो।’ आफ्नो घर बाहिर प्रहरी आउँदा यो व्यवस्था नै खोसि:एको जस्तो लागेको झाँ’क्रीले बताइन्।
प्रतिकृया दिनुहोस्