विश्वकै पहिलो सुनको होटल भियत’नामको राजधा’नी हनोईमा खुलेको छ। उक्त होटलका दरवाजा, कप, टेबल, ढोका, बाथरुम, खाने भाडाकुँडा लगायत सबै कुरा सुनका रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले ज’नाएका छन्। २ जुलाई अर्थात बिहिबार यो होटलको उद्घाटन गरिएको हो।
उक्त होटलको नाम डोल्से हनोई गोल्डन लेक राखिएको छ। होट’लका गेट देखि चिया खाने कपस’म्म सबे सुनका छन्। २५ तले उक्त होटल फाइभ स्टार होटल हो। होटलमा ४ सय कोठा छन्। होटल’को बाहरी भित्तामा करिब ५४ हजार वर्ग फीट गोल्ड प्लेटेड टाइल्स लगाइ’एको समा’चार एजेन्सी एपीले जनाएको छ।
होटल स्टाफ’को ड्रेस कोड रातो र सुनौलो राखि एको छ।होटल भित्र पस्ने मानिसलाई सुनौलो महसुस होस भनेर सबै कुरा सुनका बनाइएको। बाथरुम देखि नुहाउँने सबै सामा’नहरु सुनौलो छन। बेड’रुममा फर्निचरका सबै सामान सुनौला राखिएको छ। छतमा इन्फिनिटी पूल बनाइएको छ। जहाँबाट हनोई शहरको रौन’क दृश्य हेर्न पाइन्छ।
उक्त होटलको निर्माण’कार्य सन् २००९ मा शुरू गरिए’को थियो। निर्माण कार्य सम्पन्न हुन करिब २ सय मिलियन डलर खर्च गरिए’को थियो। सुनौलो रंगले मा निसलाई तनाव कम गर्न मद्दत पु याउँने र आनन्द दिला’उँने हुनाले सुनौलो होटल बनाइएको होटेल व्यवस्थापनले जनाएको छ।
होटल विभिन्न प्रका’रका रुम राखिएका छन् । मानिस’हरुले आफ्नो रोजाइले कोठा छान्न सक्दछन् । डबल बेडरुम भए’को एक सुनौलो कोठामा एक’रातको भाडा १ लाख २० हजार तोकिएको छ।यस्तो होटल विश्वमै पहिलो पटक खुलेको अन्तराष्ट्रिय सञ्चार माध्य’मले जनाएका छन्। – ताजा खबर
प्रतिकृया दिनुहोस्