८० देखि ९० का दशक’का बलिउड लोक’प्रिय अभिनेता हुन् चन्द्रचुर सिंह । उनको जन्म सन् १९६८ अक्टोबर ११ तारिखमा भारत’को उत्तर प्रदेश राज्यको अलीगढ’मा भएको थियो। उनले देहरादूनबाट आफ्नो विद्यालयको पढाइ स’केका हुन्। चलचि’त्रमा प्रवेश गर्नु अघि उनी विद्याल’यमा संगीत सिकाउने गर्थे।
उनको गुड लुक्सका कारण उन’लाई चलचित्र क्षेत्र’मा प्रयास गर्न भनियो। जसकारण सन् १९९६ मा उनले ’तेरे मेरे सपने’ नामक चलचित्रबाट आफ्नो करियर शुरु गरेका हुन्। यद्यपि, यो चलचित्रमा खासै सफल हुन सकेन। उनले माचि’स चलचित्रबाट आफुलाई बलिउड’मा स्थापित गर्न सफल भए।
यस चलचित्रबाट उनले सर्वश्रे’ष्ठ पुरुष डेब्यूको लागि फिल्मफेयर अवार्ड प्राप्त गरेका थिए। यसपछि उनले दाग द फायर, आमदानी अठानी खर्चा रूपैयाँ र जोश ज`स्ता धेरै फिल्मह रूमा काम गरे। चन्द्रचुर सिंहको जीवनमा यस्तो समय पनि आयो जब उनले चल चित्रहरु पाउन छाडे।
वास्तवमा गो’वामा भएको एउटा ड’ र’ला’ ग्दो दु’ र्घ टनाले उनको जीवनमा ठुलो परिवर्तन आयो। सन् २००० मा चन्द्रचुर सिंह गोवाको समुद्रमा बोट राइडिङ गरिरहेका थिए। डुंगामा सवार भए’का उनी एक भयंकर ‘दु’र्घ’टनाको शिकार हुन पुगे। जस’का कारण उनको काँधमा ठुलो ‘चो’ट लाग्यो र वर्षौं’सम्म उप’चारमा समय खर्चिनु पर्यो ।
उनलाई पूर्ण रुपमा स्वास्थ्य हुन १० वर्ष लाग्यो, जसकारण उनको फिल्मी करियर डामाडोल भयो। १० वर्ष समय खर्चिएर उपचा’र गराएका उनको पारिवारिक अवस्था पनि दय’नीय हुँदै गयो।
त्यसपछि उनले सन् २०१२ मा ’चार दिन की चाँदनी’ नामक चलचित्रबाट बलिउडमा फेरि कमब्याक गरेका थिए। कमब्याक गरेसँगै सन् २०१३मा उनले जिल्ला गाजियावाद चलचित्रमा काम गरे। बक्सअफिसमा चलचित्रले राम्रो प्रदर्शन गर्न सकेन। यसपछि, फेरि सिंह बलिउडबाट गायब भए।
हालसालै उनले एक वेब सिरि’जमा काम गरेका छन्, जसमा उनि अभिनेत्री सुस्मिता सेनको पतिको भूमिकामा देखापरेका छन् । सो वेब सिरिजलाई दर्शकहरुले निकै मनपराई रहेको भारतीय संचार माध्यम’हरुले जनाएका छन् ।
प्रतिकृया दिनुहोस्