भ्यालेन्टाइन्स डेमा संसारभरीका जोडीले यो दिनलाई आ–आफ्नो तरिकाले मनाइरहेका छन् । नव विवाहित जोडी आदित्य नारा’यण र उनकी श्रीमती श्वेता अ’ग्रवाल पनि विवाहपछि आफ्नो पहिलो भ्यालेन्टाइन्स विकलाई विशेष तरिकाले मनाइरहे’का छन् । हालै किस डेको मौकामा श्रीमतीलाई चुम्बन गरेको तस्बिर पनि आदित्यले सेय’र गरेका थिए ।
उनीहरुको यो तस्बिर सोसल मिडि’यामा अत्यधिक भाइ’रल भयो । स्मरण रहोस्, यी दुईले डिसेम्बर १ २०२० मा विवाह गरेका थिए । दुबैले लगभग १० वर्षसम्म एक अर्कालाई डेट गरेपछि यो नि’र्णय लिए । श्वेता र आदित्यको पहिलो भेट फिल्म शा’पितको सेटमा भ’एको थियो ।
हिन्दुस्तान टाइम्ससँगको कुरा’कानीमा श्वेताले भनिन्, ‘हामी हरेक दिन एक अर्कालाई प्रेम गर्छौं । यदि तपाईं एक दिनका लागि मात्रै प्रेम गर्नुहुन्छ भने यो गल’त हो । तपाईंले हरेक दिन राम्रो’सँग मनाउनुपर्छ । थुप्रै वर्षसम्म, हामी भ्याले’न्टाइन्स डे मा बाहिर जान्थ्यौं, अन्य जोडी झैं यसलाई मनायौं तर यो वर्ष हाम्रो लागि वि’शेष छ ।’
यसमा आदित्य नारा’यणले थपे, ‘म यो दिनलाई अर्को एउटा दिन’को रुपमा हेर्छु र यस्तो सोच्छु कि मैले सँगै बिता’उनका लागि थप अर्को दिन पाएँ ।’उनले थपे, ‘हरेक सम्बन्ध झैं हाम्रो सम्बन्धमा पनि थुप्रै उतारच’ढाव आयोे, विशेषगरी सुरु’वाती वर्षमा किनभने त्यतिबेला हामी सँगै हुर्किरहेका थियौं । म नीजि जीवनका साथै आफ्नो काममा पनि व्यस्त थिएँ ।’
‘यो सबै श्वेताका लागि वास्त’वमा नै मुश्किल हुन सक्थ्यो । तर उनी सधैं मसँग बलियो रुपमा खडा भइन् । हामी एक अर्का’लाई असाध्यै सहयोग गर्छौं र सधैं एक अर्का’का लागि साथ रहन्छौं ।’
श्वेताका अनुसार उनी’हरुको सुरु’वाती भेटमा एकअर्कासँग निता’न्त फरक थिए र त्यसैले नजिकिन थोरै समय लाग्यो । उनले र आदित्यले यो समयमा धेरै कुरा सिकेको श्वेता स्विका’र्छिन् ।
श्वेताका अनु’सार यो भ्यालेन्टाइन्स डेमा आदित्य निकै व्यस्त छन् । उनका अनुसार उनले आदित्यलाई भनिन्, ‘जाउ पैसा कमाएर आउ, त्यसपछि हामी दुबै कतै जा’न सकौं ।’ आदि’त्यका अनुसार उनीहरु अर्को महिना बिदा मनाउन जाँदैछन् । – रातोपाटी
प्रतिकृया दिनुहोस्