April 18, 2020 45115
कुकुर एक घर पालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ ।
कुकुराको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् ।
कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ ।यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ । कुकुर मानिस पछिको चेतना भएको प्राणी हो ।
प्रतिकृया दिनुहोस्