Sunday, June 4

यातायात व्यवसायीबीच एकाएक कु’टाकु’ट (भिडियो सहित)

February 18, 2021 806

धनगढीको खप्तड मालिका यातायात प्रालिका पदाधिकारी दुई समूहमा विभाजित भएपछि विवाद सिर्जना भएको छ।

सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुबीच साधारणसभाको विषयलाई लिएर द्वन्द सिर्जना भएपछि विवाद बढेको छ। प्रालिका निवर्तमान अध्यक्ष अनन्तराज जोशीलाई बाइपास गर्दै सञ्चालक समितिकै पदाधिकारी दिलबहादुर खोलौलाले आफ्नो नेतृत्वमा समिति गठन गरेपछि विवाद चर्किएको हो।

बुधबा’र कार्यालयमा आमनेसामने भएका दुबै समूहबीच हात हालाहाल समेत भएको छ। तर प्र’हरीको उपस्थितीका कारण झड’प हुनबाट जोगिएको थियो।

खोलौला समूहले प्रालिले प्रावधानअनुसार साधारण सभाको आयोजना गरेर नयाँ सञ्चालक समिति गठन गरेको जनाएको छ। जाेशी समूहले ३ वर्षसम्म साधा’रण सभा नबोलाएको भन्दै बहुमत सदस्यहरुको उपस्थितिमा नयाँ समिति गठन गरको दावी खोलौ’लाको छ।

खप्तड मालिका यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले पनि सञ्चालक सदस्यहरु बिच द्वन्द सिर्जना भएको बताए। खोलौलाको समूहले सञ्चालक सदस्यहरुलाई झु’क्याएर सहभागी गराइ साधारणसभा गरेको आ’रोप जोशी समूहको छ।

गत माघ १५ गते सम्पन्न भए को उक्त साधारण सभाले दिलबहादुर खोलौलालाइ अध्य क्षमा निर्वाचित गरेको थियो। तर जो’शी समूहले भने आफ्नै नेतृत्वमा रहेको स मूह आधिकारी भएको बताउदै आएका छन्।

बुधबार खोलौला समू’हले कार्यालयमा आफ्नो समितिको नामसू’चिको बोर्ड टा’सेर कार्यालय नियन्त्रणमा लिन खोजेपछि केहीबेर उक्त स्थानमा त’नाव सिर्जना भएको थियो। दुई समूह बिच झड’पको स्थिति सिर्जना भएपछि प्र’हरीले नियन्त्रण गरेको थियो।

भि’डियो हेरौं….

प्रतिकृया दिनुहोस्