जीवनभर भाडामा बस्दै आउनुभएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी हुनुहुन्छ । आफ्नै पूर्व’विद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उहाँले भन्नुभयो, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुद क्षिणा प्राप्त गरेँ ।” यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।
कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहनुभएका कर्ण अहिलेसम्म डेरामा हुनुहुन्थ्यो । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उहाँमा खुसीको सीमा छैन । उहाँले भन्नुभयो, “यो उपहार मेरा लागि अमूल्य छ ।”
२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहनुभएका कर्णले अवकाश लिए पनि उहाँलाई विद्या’लयले भने छाडेन । पुनः उहाँलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो । आजी’वन शिक्षण पेसा अवलम्बन गर्नुभएका कर्ण सरले अहिले विद्यालय त छोड्नुभयो तर पूर्ववि’द्यार्थीको मनबाट भने उहाँ बाहिरिन सक्नुभएन ।
फलस्वरूप गुरु’दक्षिणाका रूपमा घर पाउनुभयो । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सा’लले जानकारी दिनुभयो ।
“जीवनभर अर्काको घरमा बसेर हामी’लाई पढाउनुभयो तर जीवनको उत्तरा’द्र्धमा पनि अरूकै घरमा बस्नु’पर्ने बाध्यता अन्त्य गर्न घर बनाइ’दिएका हौँ”, उहाँले भन्नुभयो, “विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमा’वती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गा’मा पक्की घर बनाइदिएका हौँ ।”
कर्ण झन्डै ४० वर्ष डेरामा बस्नुभयो । स्थानीय मदनब’हादुर ढुङ्गानाको घरमा डेरा बस्नुहुने उहाँलाई ढुङ्गा’ना परिवारले पनि कहि ल्यै भाडा लिएन । ढुङ्गानाका छोराछो’रीसमेत सोही विद्यालयमा पढ्ने र साँझ’बिहान घरमा पनि कर्ण सरले नै ट्युसन पढाइ’दिनुहुने भएकाले पनि डेराको भाडा कहिल्यै तिर्नु नपरेको बताइएको छ । गुरुद’क्षिणाका रूपमा प्राप्त गुरु आवास बनाउन १५४ जना पूर्ववि’द्यार्थीले १० हजार देखि दुई लाख रुपियाँ’सम्म सहयो’ग गरेका छन् ।
प्रतिकृया दिनुहोस्