Sunday, June 4

दक्षिण कोरियाले विदेशी कामदार बाट जन्मिएका सबै बच्चालाई वैधा’निकता दिने

February 21, 2021 890

दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधा’निक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानि’कता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिए’का बच्चालाई वैधा’निक तवरले दर्ता गरिने भएको हो ।

यहाँको कानून मन्त्राल’यका अनु’सार कुनै पनि बच्चा बालअधि’कार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको हो । यहाँका का’नून मन्त्री पार्क बेओम्कले बाल अधिका’रको जगेर्ना, बच्चा बेचबिखन उन्मूलन तथा बच्चाको मानव अधिकारको रक्षा गर्न यो कानू’नले सहयोग गर्ने बताउनुभएको छ ।

यो कानून लागू भए’पछि ती बच्चाले अनि’वार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सह’भागी हुन पाउने उहाँले बताउनुभएको छ । त्यस्ता बच्चाले बीमाल’गायत अन्य सरकारी तथा सामा’जिक सुविधा पनि प्राप्त गर्नेछन् ।

यदि कुनै विदेशी श्रमिक कोरियामा अवै’धानिक बसोबास गरिरहे’का छन् र यही अवधिमा उनीहरूको बच्चा जन्मिएको छ भने बच्चासँगै उनी हरूले पनि वैधानि’कता प्राप्त गर्नेछन् । हालसम्म कोरिया’मा अवैधानिक बस्ने तथा कोरिया’लीसँग विवाह गरी आएर पारपाचुके गरी अवैधानिक विदेशीसँग पुनः विवाह गर्ने महिलाबाट जन्मिएको बच्चाले कानूनी मान्यता प्राप्त नगर्ने व्यवस्था थियो । कोरियामा हालस’म्म यस्तै तवरले जन्मिएर दर्ता नभएका करिब २० हजार बढी बच्चा भएको अनुमान छ । – जनबोली

प्रतिकृया दिनुहोस्