तत्कालिन नेपाल तरूण दल चित’वनका अध्यक्ष शिवप्रसाद पौडेलको ह’त्यामा संलग्न व्यक्तिलाई कै’द मिनाहा गरी आम’माफी दिइएकोमा परिवारले विरो’ध जनाएको छ।पत्नी बिनु पौडेललेसहितका परिवारका सदस्यले भरतपुरमा आइतबार पत्रकार सम्मेलन गरी जन्मकै’दको स’जाय तोकिएकालाई कै’द मिना’हा गरेर सरकारले पी’डितमाथि अन्या’य गरेको आ’रोप लगाइन्।
‘यो देशमा न्याय हराएको छ, अब न्याय खोज्न सबै एकजुट भएर आन्दो’लनमा जानुपर्ने भएको छ,’ उनले भनिन्, ‘हामी मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिले गरेको कै’द मिना’हाको वि’रोधमा अदा’लत जाने तयारीमा छौं।’
पौडेलले आफू र राष्ट्रपति समान विषयका पी’डित भएको भन्दै आफ्नो पतिको ह’त्यामा संलग्न पत्ता लगाउनु पर्नेमा पहिचान भएर पक्रा’उ भइसकेकालाई पनि छाड्ने निर्णय भएको भन्दै यसकावि’रूद्ध संघर्ष गर्ने बताइन्।
केसी २०६७ सालको असार २० गते, मोक्तान २०६७ सालको भदौ ३ गते र श्रेष्ठ २०६७ सालको साउन २२ गते पक्रा’उ परेका थिए।पौडेल माथि २०६८ साल मंसिर २० गते चितवन जिल्ला का’रागारभित्रै आ’क्रमण भएको थियो। उनको काठमाडौंको नर्भिक अस्प’तालमा उ’पचारका क्रममा सोही सालको पुस २ गते मृ’त्यु भएको थियो।
भातृ संगठन तरुण दलका जिल्ला अध्यक्षको सरकारको नियन्त्रणमा रहँदा मृ’त्यु भएको भन्दै त्यतिखेर माउ पार्टी नेपाली कांग्रेसले देशव्यापी आन्दो’लन चर्काएको थियो। कांग्रेसको दबाब पछि तत्कालिन सरकारले पौडेललाई स’हिद घोषणा गरेको थियो।
पौडेललाई कारा’गारमा आक्र’मण गर्ने उनीहरू त्यतिखेर उनकै भाइ गोविन्द पौडेलको ह’त्याको अभि’योगमा सोही कारागा’रमा थिए। तर उनीहरूले उक्त मु’द्दामा भने अ’दालतबाट सफाइ पाएका थिए। गोविन्द पौडेलको २०६६ सालका जेठ ३ गते भरतपुरमा ह त्या भएको थियो।
शिवप्रसाद पौडेलमाथि आ’क्रमण गरेको अ भियोगमा चितवन कारा गारमा कैद भोगिरहेका अन्य दुई जना भने गोविन्द पौडेलको ह त्यामा पनि संलग्न रहेका थिए। उनीहरू भने अहिले पनि कारा गारमै छन्।
शिवप्रसाद पौडेल २०६८ भदौ १० गते चितवनको कविलासमा एमाले निकटका युवा सञ्जय लामाको ह त्याको अभि योगमा पू र्पक्षका लागि कारागा रमा थिए। नेपाली कांग्रेसले पौडेल उक्त दिन पार्टीको महिला संघले आयोजना गरेको तीज विशेष कार्यक्रममा अतिथिका रूपमा रहेको भन्दै उनको रि हाइको माग गर्दै आएको थियो।
पौडेलको ह त्यामा संलग्न लाई कै द मिनाहा गरेर रिहा गरिएकोमा नेपाल तरुण दलले पनि वि रोध गरेको छ। तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारले सरकारले गरेको निर्णयको फिर्ता नलिए आ न्दोलन गर्ने चे तावनी दिए।
यस वर्ष आ ममाफी दिइएका मध्ये १३ जना चितवन जिल्ला का रागारका रहेको का रागार प्रमुख कमलप्रसाद काफ्लेले बताए। उनीहरू मध्ये ४-४ जना क र्तव्य ज्या न, ज्या न मा र्ने उद्योग र ५ जना सवारी ज्या न मु द्दामा कैद भुक्तान गर्दै आएका थिए। ५० प्रतिशत कैद भुक्तान गरेका चरित्र राम्रो भएका कै दीलाई सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा कैद मि नाह गर्नेगर्छ। यो सामग्री सेतोपाटी राजेश घिमिरेले लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्