सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरे’लगत्तै नयाँ सरकार गठनका लागि नेताह’रुबीच गृहकार्य सुरु भएको छ । बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रे’सका सभापति शेरबहा’दुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो ।
देउवा निवास बुढानिल’कण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकु’मार नेपा’लले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव ‘अफर’ गरेका हुन् । नेकपा उच्च स्रोतका’अनुसार तीन ने’ताबीच झण्डै ४५ मिनेट भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्र’ति देउवा सकारात्मक बन्दै दलभित्र छल’फल गरेर निर्णय दिने बताएका थिए ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको आफुले पाएको बताए । ‘छल’फल भयो । नेताहरु समझदारीबाटै अघि ‘बढ्ने कुरामा सहम’त हुनुभ’एको बुझिएको छ’ सापकोटाले रातोपा’टीलाई जानकारी दिए ।
यसअ घि प्रचण्ड र माधव दुवै नेताले आफुहरु प्रधानमन्त्री नबन्ने भन्दै देउवालाई अगा’डि सारेको बताएका थिए । ‘बुधबार’को छलफलमा पनि उहाँहरु (प्रचण्ड–माधव) ले सोही कुरा प्रस्तावका रुपमा अगाडि सार्नुभयो । त्यसमा सभापति ज्यु पनि सकारात्मक हुनुहुन्छ’ देउवा निकट स्रोतले रातोपाटीसँग भन्यो, ‘पार्टीमा छल’फल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’
देउवाका सहयोगी भानु देउवाले पनि प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थि’तिबारे छलफल गर्न प्रचण्ड नेपाल आ’एको भन्दै ठोस समझदारी हुन बाँकी रहेको प्रतिक्रिया दिए । – रातोपाटी
प्रतिकृया दिनुहोस्