Sunday, March 7

थुक हालिएको पैसा बाटोमा फालेर भागेका नन्द भाउजुमा आरडिटी रिपोर्ट’मा कोरोना देखियो

April 19, 2020 1395

कोरोना भाइरसको त्रास’को बेला लुकीछिपी सडकमा जथाभावी पैसा फालेर भागेका दुई महिलाको आरडीटी रिपोर्ट पोजिटिभ आएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।

यो रिपोर्टको आधारमा कोभिड-१९ सं क्रम ण रहेको भनि पुष्टी गर्न नसकिने हुनाले उनीहरु दुबैको पीसीआर विधिबाट स्वाबको टेस्ट भइरहेको प्रजिअ निरौलाले अन्नपूर्णलाई बताए।

शुक्रबार जनकपुरधामको महावीर चौकस्थित पेठीया बजार जाने सडकमा १०, ५ र २० को नोट जथाभावी फालेर यी महिला भागेका थिए। सडकमा फालिएको सो नोटमा थुक पनि हालिएको थियो।

घ ट ना लगत्तै प्रहरीले सो क्षेत्रमा विशेष निगरानी गरेर फालिएको नोट बरामद गर्नुका साथै चारैतिर सेनि’टाइज गरेको थियो।

स्थानीयले दिएको उजुरी’को आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुवै महिलाको सीसीटी’भी फुटेज निकालेर जनकपुरभरी सर्च अभियाननै चलाएको थियो।

यसै क्रममा शनि”बार दिउँसो दुवै प क्रा उ परेका हुन्। प क्रा उ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालि—७ का हुन्। दुवैजना नातामा नन्द र भाउजू रहेको प्रहरीले बताएको छ।

उनीहरुको गतिविधि शंकास्पद रहेको हुनाले प क्रा उ गरेर जाँचका लागि प्रादेशिक अस्पतालमा पठाइएको प्रजिअ निरौलाले बताए।

हाल दुवै महिला’लाई अस्पतालको आइसो’लेसन कक्षमा राखिएको छ भने पीसीआर परीक्षण भइरहेको छ। अन्नपुर्णपोष्टवाट

प्रतिकृया दिनुहोस्