हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) को नयाँ प्रमुख कार्यकारी अधिकृत नियुतिको प्रक्रिया अघि बढेको छ। जलविद्युत क’म्पनीमा लगानी गर्ने उदेश्यसहित स्थापना भएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति समग्र जलविधुत क्षेत्रको विकासमा प्रभाव पार्ने भएकाले यसलाई निकै महत्वकासाथ हेरि’एको छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दक्ष, अनुभवी तथा योग्य ब्यक्तिको नियुक्ति गर्नु पर्नेमा गम्भिर छलफल भईरहेको वुझिएको छ।
जसका लागि कुशल व्यवस्था’पकको पहिचान वनाएका नेपाल विद्युत प्राधिकर’णका पुर्व प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ जस्ता ब्यक्तिलाई नियुक्ति गर्न छलफल भएको जनाईएको छ। विद्युत प्राधिकरणमा व्यापक सुधार गरेका घिसिङ्गलाई नियुक्ति गर्न पनि प्रकिया अघि बढाउनु पर्ने पर्ने वाध्य’ता भएकाले खुला प्रति’स्पर्धाका लागि सु’चना समेत प्रकासित गरिएको वुझिएको छ ।
१५ दिने सुच’नापछि व्यवस्थापिक कार्य, योजना’को मुल्याङकन, प्रस्तुति:करण र अन्तरवार्ता गरी प्रकिया पूरा हुनेछ। यदि कुलमान प्रकृयामा सामेल भए उनि नै सबैभ’न्दा योग्य उम्मेदवार हुन सक्ने सम्भावना रहेको कम्पनी सम्वद्ध श्रोतले जनाएको छ।
ठुला अन्तराष्ट्रिय साझेदा’रसँग काम गर्नु पर्ने भएकाले योग्य ब्यक्तिको आवस्य’कता महसुस गरिएको श्रोतको भनाई छ । जलविद्युत क्षेत्रमा लगानी गरीरहेका कम्पनिले वैदेशिक ऋण, अन्त’राष्ट्रिय साझेदारसँग साझेदारी आयोजना निमाण गर्नु पर्ने, कम्पनिको पुँजी बढाउन पर्ने लगायतका कार्यभार छन्।
कुशल ब्यव’स्थापन, चुस्त परियो’जना निर्माण तथा ऋण लगानी गरी क’म्पनीको आय बढाउनुपर्ने कार्यभार पनि प्रमुख कार्यकारी अधिकृत माथि छ । सर’कारको दश हजार मेघावाट विद्युत उत्पादन गरी बिक्रि गर्ने लक्षका साथ यो कम्पनी स्थापना गरिएको हो। – गण्डकी छड्के
प्रतिकृया दिनुहोस्