श्रीमान वैदेशिक रोजगारीमा छन् । १५ वर्ष भयो श्रीमानले अहिले सम्म श्रीमानले माया गरेको नबोलेको । तर पनि उनै श्रीमान भनेर बसीरहेकी छन् । छोरी ठूली” हुँदैछन् । छोरीले बा’बा किन आउनुहुन्न भनेर प्रश्न गर्दा उनको मन भक्कानिन्छ । अञ्जु लामा (गोग्वा) हेटौडा उपमहानगरपालिका शिखरपानी भन्ने ठाउँमा अहिले पनि श्रीमानको पर्खाइमा छन् । १७ वर्षको उमेर’मा उनको विवाह भएको थियो । २०६२ सालमा अञ्जुको विवाह रमेशकुमा’र गोग्वा संग भयो उनी २०६३ सालमा विदेश गएका”हुन् ।
विदेश गएको ५ वर्ष सम्म उनीहरुको सम्बन्ध राम्रै चलेको थियो । फोनमा कुराकानी हुन्थ्यो । त्यस पछि भने उनको ब्यवहार परिवर्तन भयो । एक दुई पटक उनी नेपाल आए तर नेपाल आउँदैछु भनेर कहिल्यै भनेनन् । हेटौंडा बजार आइसकेपछि एकैप’टिक फोन गर्थे अनि कहाँ छौं बुढी भनेर फोन गरेर सोध्थे । विदेश गएको १५ वर्षमा उनी ४ पटक घर आए तर” उनलाई म आउँदैछु भनेर भनेनन् । मलेसियामा रहेका उनी चौथो पटक आउँदा भने आफ्ना श्रीमानको रहस्य खुल्यो ।
जहिले पनि नेपाल आउँदा आउँदैछु नभन्ने र”मेश चौथो पटक नेपाल आउन लागेको उनले आफै थाहा पाइन् । अञ्जुको दाई पनि मलेसियामा थिए । दाईले बहिनीलाई ज्वाई नेपाल आउँदैछन् भनेर खबर गरिदिए । त्यतीबेला उनी श्रीमानलाई था’हा नदिएर काठमाडौं स्थित विमानस्थलमा पुगिन् । उनी माक्स लगाएर गइन् । छोरीले पनि निकै कर गरिन् । स’बैको बुवा आउँदा छोरा’छोरी विमानस्थलमा लिन जान्छन् । हामी मात्र किन नजाने भनेपछि उनी काठमाडौं गइन् । आफुलाई भाई लिन आउँछ भनेका श्रीमान’लाई लिन अर्कै महिला लिन गएको देख्दा छाँगावाट खसेजस्तो भइन् ।
अञ्जु र रमेशको १४ वर्षको छोरी छ । श्रीमा’नले मलेसिया गएको ५ वर्ष पछि उनले खर्च पनि पठाउँदैनन् । उनले आफै दुख गरेर छोरीलाई पढाएकी छन् । छोरी ८ मा पढ्छिन् बोर्डि”गं स्कूल पढाउन नसकेर उनले सरकारी विद्यालयमा छोरी पढाएको बताइन् ।
उनले छोरी पढाउन र आफ्नो जिवन गुजार्न गरे’को दुखका बारेमा प्रश्न गर्दा भक्कानिएर बोल्नै सकिनन् । श्रीमान विदेश जाँदा उनी गर्भवती थिइन् । श्रीमानले छोरी देखेका थिएनन । पहिलो पटक तीन वर्ष पछि आउँदा छोरीले नचिनेका कारण बाबा पनि भनिन अंकल भन्थि । म आ’फै विवाह गरेर आए’को पनि होइन । म जसरी पनि विवाह गर्छु भनेर उनकै करले विवाह भए’को थियो । माइतमा घाँसदाउरा समेत गर्न नजानेकी उनी घर’मा आएपछि त्यो सबै गर्नुपरेपछि उनले सुरुका दिनमा निकै दुख गरिन् । हेर्नुहोस् भिडियो..
प्रतिकृया दिनुहोस्