Monday, March 20

२१ वर्षीय यी युवकले १६ दिनमा जिते कोरोना भाइरसलाई (भिडियो हेर्नुहोस)

April 19, 2020 1633

कैलालीको लम्कीका २१ वर्षीय युवकले कोरोना भाइ’रस (कोभिड–१९)लाई जितेर डिस्चार्ज भएका छन्। १६ दिनअघि सेती प्रादेशीक अस्पताल भर्ना भएका युवक आइतबार डिस्चा’र्ज भएका हुन्।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्कि’एका हुन्। उनलाई, लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइन’मा राखिए’को थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन्।

उनको दुई वटा रिपोर्ट नेगेटिभ आएप’छि आइतबार सेती प्रादेशीक अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना निको भएर घर फर्किएका २१ वर्षीय युवकलाई  सुदूरप’श्चिम प्रदेशका सा’माजिक विका’समन्त्री कृष्णराज सुवेदीले  पुष्प गुच्छा दिँदै घर पठाएका छन्।

सेती प्रादेशीक अस्पतालमा पाँच कारोना संक्रमित’को उपचार भइरहेको थियो। अब सेतीमा चारज’ना विरामी उपचा’ररत छन्। शनिबार मात्र बागलुङको धौलागिरी अस्पता’लमा १८ दिनदेखि उपचार गराइरहेकी ६५ वर्षीय महिला र काठमा’डौंको शुक्रराज ट्रपिकल तथा सरुवा’रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी युवतीको डिस्चार्ज भएको थियो।

यसअघि गत माघमै एक युवक कोरोना’लाई जितेर डिस्चार्ज भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार अहिलेसम्म नेपालमा ३० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये चारज’ना उपचा’रपछि डिस्चार्ज’ भएका छन्। अन्य २७ जनाको विभिन्न अस्पता’लमा उपचार भइराखेको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्