अहिले मङ्गल ग्रहमा व्यस्त’ताको समय छ। यो म’हिना रातो ग्रह नयाँ वर्षमा प्रवेश गरेको छ। पृथ्वी र मङ्गल ग्रहको घुम्ने गतिमा रहेको फरकपनका कारण यी दुई ग्रह’बीचको दूरी निरन्तर परिवर्तन भइरहन्छ।
त्यसैले म:ङ्गल ग्रह सम्ब:न्धी कुनै लक्ष्य शुरू गर्न हरेक २६ महिनामा एकपटक मात्र सम्भव हुन्छ। त्यसबेला यी दुई ग्रहहरू एकअर्का’को नजिक आइपु’गेका हुन्छन्। कैयौँले नासाको पर्सिभेरेन्स रोभर– जुन अहिलेसम्म मङ्गल ग्रहमा पठा:इएको सबभ’न्दा जटिल प्रविधियुक्त यान हो–१८ फेब्रुअरीमा त्यहाँ अवतरण गर्ला भन्ने आशा गरिरहेका छन्।
सन् २०१६ मा पठाइ’एको एउटा उपक’रण कलर एन्ड स्टेरियो सर्फेस इमेजिङ सिस्टम (क्यासिस)को सहाय’तामा यो ग्रहको सतहबारे वैज्ञानिकहरूले विभिन्न जानकारी पाइरहेका छन्।
यो क्यामेरा युरो:पेली अन्तरिक्ष निकाय इसा’को एक्जोमार्स ट्रेस ग्यास अर्बिटरसँग यात्रा गरिरहेको छ। यसले मङ्गलको वायुमण्डलमा रहेको मिथेन र अरू दुर्लभ ग्यास’हरूको अध्य:यन गरिरहेको छ। यो क्यामेराको प्राविधिक लक्ष्य भविष्य:का अन्तरिक्ष यानहरूका ला:गि अवतरण गर्न मिल्ने स्थान खोज्नु हो। इसाको एउटा त्यस्तै यान सन् २०२२ मा पठाउने लक्ष्य राखिएको छ।
तर यो क्यामराले त्यहाँ पा’इने विभिन्न खनिज, घाटी, ज्वा’लामुखी र अन्य भूग:र्भीय तथ्यहरूको पनि अवलोकन गरिरहे’को छ। बर्न विश्वविद्यालय स्विट्जरल्या:न्डका प्राध्यापक निकोलस थोमसले यो आयोजनाको नेतृत्व गरिरहेका छन्।
यो क्यामेराले अहि:लेसम्म मङ्गलको २० ह:जार तस्बिर खिचिसकेको छ। त्यहाँ हामीले पहिल्यै थाहा पाइसकेका कुराहरू पनि छन्। तर यो क्यामे’राले थुप्रै नयाँ जानकारी’हरू पनि पठाइरहेको छ। उनले: बीबीसी न्यूजलाई भने– कुनै स्थानका थाक ला’गेका तहहरूको तस्बिर निश्चित रूपमा असाध्यै रुचिकर छन्।
‘त्यसबाहेक मङ्गल ग्रह’को सतहका थप तस्बि’रहरू पनि पठाएको छ जुन हामीले यस अघिका: उपकरणले पठाएका थिएनन्।’ गएका केही हप्तामा यो क्यामेराले हरेक हप्ता ३०० वटासम्म तस्बिर:हरू खिचेको छ।
यो उपकरणको रङ सम्बन्धी क्षम’ता बलियो छ। यसले पठाएका तस्बिरहरू नासाका तस्बिरसँग भिडाएर हेर्ने पनि गरि’एको छ। प्राध्यापक थोमसका अ:नुसार अहिले वैज्ञानिक क्षेत्रमा नासा र इसाको सहकार्य भइरहेको छ।क्यासिसले सिसिफि थोलस नजिकै एउटा क्षेत्रको फो:टो पठाएको छ जहाँ तुसा:रो जमेको देख्न पाइ’न्छ। धेरै उचाइमा जमेको कार्बन डाइअक्साइ र तुसारोको फोटो क्यासिसले पठाएको छ।
क्यासिसले कसरी काम गर्छ?
मङ्गल ग्रहको अध्ययन गरिरहेको यो स:मूहले आफ्ना तथ्याङ्कमा आधा:रित केही लक्ष्य निर्धारण गर्छ। त्यसपछि: यो क्यामेरा उक्त सतहमा ३ किमि प्रति से:केन्डका दरले उड्छ।
त्यसैले द्रुत गतिमा तस्बिरहरू खिच्नुपर्छ। क्यामेराको रङ प्रविधि र मान्छेको आँखाले देख्ने रङ प्रणालीभन्दा फरक छ। तर विभिन्न खनिजले सूर्यको किरण फरक किसिमले परावर्तन गर्ने हुनाले वैज्ञानिकहरूले त्यसबाट नयाँ सूचना सङ्कलन गर्न सक्छन्।
यो समूहले नजिकबाट हेरेको’मध्ये एक जेजेरो ज्वाला’मुखी पनि हो। यसैमा नासाको पर्सिभेरेन्स रोभर आगामी हप्ता अवतरण गर्ने योजना छ र त्यसले यो ग्रहमा जिवाशेषको प्रमाण खोजी गर्नेछ। प्राध्यापक थोमसका अनुसार यो समू’हलाई जेजेरो जस्ता ठाउँ’को तस्बिर खिच्ने मौका वर्षमा चारदेखि छ पटक:सम्म प्राप्त हुन्छ। योजना गरिएअनुसार क्यासिसले पर्सिभरेन्स अवतरण गरेको पाँचदि:नपछि उसको प्यारा:शुट लगायत अवतरणका बेलाका फ्याँकिएका वस्तुको तस्बिर खिच्ने अपेक्षा राखिएको छ।
‘हामीले अनु’मति लिएका छौँ। त्यसैले पर्सिभेरे’न्स सफल रूपमा अवतरण गरियो भने तस्बिरहरू देख्न पाइनेछ। यदि त्यो तलको भाग माथि भएर अवतरण गर्यो या गलत स्था’नमा अवतरण भयो भने हामीले त्यो खोज्न सहयोग गर्नेछौँ,’ प्राध्यापक थोम’सले भने।यो आयोज’ना कम्तीमा सन् २०२५ सम्म काम गरिरहने प्राध्यापक थोमसले बताए। – डिसी नेपाल
प्रतिकृया दिनुहोस्