बंगलादेशमा शनिबार एक मुस्लिम धर्म’गुरुको अन्त्ये’ष्टिमा जारी लकडाउनको अवज्ञा गर्दै एक लाख बढी मानिसहरू सहभागी भएको बंगलादेशी अधिकारी’हरूले जनाएका छन्। यसले कोरोना भाइ’रसको जोखिम बढाउन सक्ने अनुमान गरिएको छ।
बंगलादेशी अधिकारी’लाई उद्धृत गर्दै अमेरि’की संचारमाध्यम सिएनए’नले ती मानिसहरू ब्राह्मण’बरिया जिल्लाको सोरैल उप-जिल्ला अन्तर्गत बेर्तोला गाउँको मदरासामा आयोजना गरिएको खिला’फत मजलिसको ‘नायब-ए अमीर’ मौलाना जुबअर अहमद अन्सारीको अन्त्ये’ष्टीमा सहभागी भएका जनाएको छ।
सिन’एनएनले आफ्नो समाचारमा बंगलादेशी प्रधानमन्त्रीका विशेष सहयो’गी शाह अलि फर’हाद र सो जिल्लाका प्रहरी प्रवक्ता इम्तियाज अहमदले यो संख्याको पुष्टि गरेको आफ्नो समाचारमा उल्लेख गरेको छ।
हाल निर्वासनमा रहेकी चर्चित बंगलादेशी ले’खिका तसलिमा नसरिनले पनि ट्वीट गर्दै ५० हजार बढीको संख्या’मा मानिसहरू सो अन्त्ये’ष्टिमा सहभागी भएको जनाए’की छन्।
ती धर्मगुरुको शुक्रबार राती घरमा मृ त्यु भएको थियो। बंगलादेशले कोरोना भाइ’रसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पाँच जना भन्दा बढी मान्छे एकसाथ भेला हुन नपाउने नियम लागु गरेको भएपनि सो नियमलाई उल्ल’घंन गर्दै मानिसहरू सो अन्त्य’ष्टिमा सहभागी भएका हुन्।
सहभागीको संख्या धेरै भएपछि प्रहरीले उनीहरूलाई न’रोकेको बताएको छ। कोरोनाको खत’राबिच यतिधेरै मानिसहरु कसरी जम्मा भए भन्ने बारेमा अनुसन्धान गरिने बंगलादेशी अधिकारीहरूले जनाएका छन्। यो खबर सेतोपाटि बाट लिईएको हो
प्रतिकृया दिनुहोस्