Sunday, June 4

युएईमा १३ हजार अविवाहितलाई घर’बाट निकालियो…

March 11, 2021 1223

संयुक्त अरब इमिरेट्समा परिवारका लागि बसो’वास गर्न भनेर तोकिएको क्षेत्रमा अ’वैध रुपमा बसोवास गरिरहेका १३ हजार अविवा’हितलाई घरबाट निकालिएको छ । युए’इको शारजाह शहरमा कुमार–कुमारीहरुविरु’द्ध शारजाह सिटी म्युनिसिप’लिटीले कारवाही गरेको हो ।

उनीहरुलाई ती आवासीय क्षेत्रबाट बाहिर निकालिएको छ जो केवल परिवारको लागि निर्धा’रित छन् ।एससीएमका महानिर्देशक थाबित अल तुरैफीले ब्याचलरहरुवि’रुद्ध कारवाही गरिएको पुष्टि गरे । यसको लागि शारजा’हमा ठूलो अभि’यान चलाइएको थियो । अधि’कारीहरुले यसको लागि ३ हजार भन्दा धेरै पटक ती आवासीय क्षेत्रमा निरीक्षण भ्रमण गरेका थिए ।

यही क्रममा अवै’ध रुपमा नियम उल्लं’घन गरेर बसि’रहेका १३ हजार जनामाथि कार’वाही गरिएको हो । शारजाहका कैयौं आवा’सीय टावरमा अवै’ध रुपमा बसिरहेका अविवाहित’हरुलाई बाहिर निकालिएको हो । यी टावर केवल परिवा’रको बसोवासको लागि निर्धारित छन् । यो अभियानमा पुलिस र शारजाह विद्युत, पानी र ग्यास प्राधिकर’णको पनि सहयोग लिइएको थियो ।

शारजाहका शा’सक तथा सुप्रिम काउन्सि’लका सदस्य डा. शेख सुल्तान मोहम्मद अल कासिमीले अवैध रुपमा बस्नेहरुविरुद्ध अभियान चलाउन आदेश दिएका थिए । अल तुरैफी’का अनुसार परि’वारका लागि निर्धारित क्षेत्रमा बस्नेहरु’लाई आदर्श वाता’वरण दिनको लागि यस कि’सिमका अभियान भविष्य’मा पनि जारी रहनेछ ।

खाजित टाइम्सको अनुसार अल तुरैफी’ले आम मानि’सहरुसँग यस्तो कुनै पनि उल्लंघनबारे जान’कारी भए तत्काल अधिकारीहरुलाई सूचित गर्न आग्रह गरेका छन् ताकि त्यस्ता स्थानमा निरीक्ष’णपछि नियम उल्लंघन गर्नेविरुद्ध कार’वाही गर्न सकियोस् । – डिसीनेपाल

प्रतिकृया दिनुहोस्