Sunday, June 4

घर नजिकै भेटियो यस्तो डल्लो, जसले महिला बनिन् रातारात करोडपति

March 14, 2021 4007

थाइल्याण्डमा एक’जना महिलाले समुद्री तटीय क्षेत्रमा रहेको आफ्नो घर नजिकै ह्वेलको बान्ता भेट्टाइन् । ठूलो आका’रको त्यो डल्लो बहु’मूल्य थियो र उन’लाई रातारात करोड’पति बनाइदिएको छ ।

सिरिपोन नियामरिन आँधी’सहितको वर्षा रोकिएसँगै तटीय क्षेत्रमा रहे’को आफ्नो घरबा’हिर निस्केर हिँडिरहेकी थिइन् । नाखोन सी थाम्माराट प्रान्तमा रहेको उन’को घर नजिकै तटमा उनले एउटा अनौठो डल्लो देखिन् । गत फेब्रुअरी २३ को घटना हो यो ।उनी त्यो वस्तु’को नजिकै गइन् र यसो सुँघी हेर्दा त्यो माछा’को गन्धज’स्तो लाग्यो ।

त्यो चिज अनौ’ठो मात्र नभइ बेच्न पनि सकिन्छ कि भन्ने आ’शामा उनले त्यसलाई बोके’र आफ्नो घर ल्याइन् । ७ केजी तौ’लको उक्त डल्लो १२ इन्च चौडा र २४ इन्च लामो थियो ।

अन्ततः उनले त्यो डल्लो ह्वेलमा’छाको बान्ता भएको था’हा पाइन् । ह्वेलको बान्ता’लाई एम्बे’रग्रिस भनिन्छ । उनले फेला पारेको त्यो डल्लोको मूल्य १ लाख ८६ हजार ब्रि’टिस पाउण्ड अ’र्थात् ३ करोड रुपैयाँ भन्दा धेरै पर्ने बताइ’एको छ ।

उनले आफ्नो घर’मा सुरक्षित राखेको त्यो डल्लो’को विज्ञद्धारा परीक्षण गर्न आउ’नका लागि स्थानीय सरका’रसँग आग्रह गरेकी छिन् । त्यो बिक्री भएर प्राप्त हुने रकम’ले आफ्नो समुदायलाई पनि सहयो’ग गर्ने उनको इच्छा छ । एजेन्सी

प्रतिकृया दिनुहोस्