प्रह’रीले चो’री मु’द्दाका आरो’पित व्यक्तिलाई प’क्राउ गरेको छ।प्रह’री वृत्त, बौद्धको टोलीले मकवानपुर घर भई बसुन्धरा बस्ने ३६ वर्षीय ‘खन्ती’ भन्ने सुकलाल वाइबालाई प्रह:रीले आइतबार पक्रा:उ गरेको हो। उनीमाथि गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखाना बस्ने राजकुमार पण्डित क्षेत्रीको घरमा चो’री गरी फ:रार भएको आ:रोप छ।
प्र’हरीले उनलाई सहजै पक्राउ गर्न भने सकेन। उनलाई पक्रा’उ गर्न नेपाल प्रह’री अस्प’तालका मानसिक रोग विशेषज्ञ प्रहरी उपरीक्षक प्रा. डा आशिष दत्त नै खटिनु परेको थियो। त्यस्तै प्रहरीले विपद व्यवस्थापनको उद्धा’र टोली पनि परिचालन गरिएको थियो।
उनी आइतबार नै चोरो गरी फरा’र भएका थिए। चोरीपछि फ’रार भएका वाइबा आइतबार दिउँसो गोकर्णेश्वर नगरपालिका-४ उत्तरबाहिनीस्थित कान्ति भैरव मन्दिर नजिकै लुकि’छिपी बसेका थिए।
प्रह:रीले उनलाई पक्रा’उ गर्न खोज्दा उनी भागेको महानगरीय प्रह’री परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। भागेका वाइबालाई प्रह’री पछ्याउँदै जाँदा उनी गोकर्णको खोंचको एक रूखमा चढेको बस्नेतले बताए। रूखमा चढेर उनले ‘हाम फालेर म’र्छु’ भन्न थालेका थिए।
बौद्ध प्र’हरी प्रमुख प्रहरी नायब उपरीक्षक नविन कार्की घट’नास्थलमा पुगेर उनलाई रूखबाट झर्न आग्रह गरेका थिए। तर नमानेपछि विपद् व्यवस्थाप’नको टोली बोलाइएको थियो। डा आशिष दत्तले करिब एक घण्टासम्म उनलाई काउन्सि’लिङ गरेको प्रह’री उपरीक्षक बस्नेतले बताए।
काउन्सिलिङ गरेर उनी फर्किन मानेपछि टोलीले करिब ३० फिट तल भिरमा गई वाइबाको उद्धा’र गरेको हो। प्र’हरीले उनको चार घण्टापछि उ’द्धार गरेको हो।
प्रतिकृया दिनुहोस्