राजा महेन्द्र जन’ताका गुनासा एवं सम’स्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे । प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महि’नाको कुरा हो ।म राजदर’बारको संवाद सचि’वालयमा काम गर्थें ।
कार्याल’यका हाकिम आफू नजिकका मानि’सहरूलाई सतर्क रहन नेवारी भाषामा खासखुस गरिरहे’का थिए । आफू हाकिमको नजिकको मानिस परिएन, फेरि मलाई नेवारी भाषा बोल्न आउँदैनथ्यो, बुझ्न पनि त्यति राम्रोसँग बु’झ्दिनथेँ ।त्यस दिन डराए’को र बडो अनु’शासित ढंगले कर्मचारीहरू आ–आफ्नो का’ममा खटिएका थिए ।
वास्तवमा अघिल्लो दि’नको राजा महेन्द्रको कदमले उनीहरूलाई झस्काएको रहेछ ।प्रशासन त्यति’बेला जनताको नजरमा अलिक बदनाम थियो । विभिन्न किसि’मका गुनासा र उजुरी परेप’छि राजा महेन्द्रले नेपाल प्रहरीका आई’जीपी जीबी याकथुम्बालाई हटाएर उनको ठाउँमा ढुण्डी’राज शर्मालाई नियुक्त गरेका थिए ।
यसो गर्दा पनि तल्लो तहमा व्याप्त भ्रष्टाचा’र कम नभएको उजुरी राजा’कहाँ परि:रहेका थिए । असनबाट राजदर’बारतर्फ फर्किंदै गरेका राजाको मनमा लागेछ, आफैँ यसो परीक्षण र निरीक्षण किन नगर्ने ?त्यही सोचेर अघिल्लो राती ११ बजे राजा महेन्द्र कार्यालयको काम सकेर ‘मुड फ्रेस’ गर्न भनेर आ’फैँले मोटर चलाएर दरबार’बाहिर निस्किएका रहेछन् ।
यसको जानकारी दरबा’रको सम्बन्धित निकायलाई पनि थिएन । चिसो हावा खाँदै टुँडिखेल, नयाँसडक, इन्द्रचो’क हुँदै असनबाट उनी राजदर’बारतर्फ फर्किंदै रहेछन् । राजा आफ्नो मोटरको हेड लाइट निभाएर बिस्तारै असनबाट अगा’डि बढिरहेका थिए ।गणेश’स्थानमा सेन्ट्री बसेका प्रहरीले गाडी रोकेछन् ।
सेन्ट्रीले अगाडिको ब:त्ती बाल्न भनेछन् । राजा’ले नम्र हुँदै आफ्नो मोटर बिग्रिएकाले बना’उँदा बनाउँदै राती भयो, आज यत्तिकै भयो, भोलि बत्ती बनिहाल्ने भएकाले छाडि:दिन आग्रह गरेछन् । तर पनि ती प्रहरीले माने:नछन् । राजाले खल्तीबाट १० रुपियाँ झिकेर तिनको हात’मा थमाउने प्रयास गरेछन् ।
तर, प्रह’रीले त्यो रकम लिनै मा’नेनछन् र नजिकै अन्नपूर्ण मन्दिरको दक्षिणमा रहेको प्रहरी चौकीका हबल्दारलाई खबर गरेछन् । प्रहरी हबल्दार आएर कुराकानी गर्न थाले’पछि सेन्ट्री बसे’का प्रह’री किनारा लागे । राजाले चाहिँ १० होइन, २० रुपियाँ हातमा थमा’इदिएछन् ।
पैसा पाउनासाथ प्रहरी हबल्दा’रले सेन्ट्री बसेका प्रहरी’लाई ‘छोड्दे, जान दे’ भन्दै चौकीतर्फ फर्किएछन् ।त्यसपछि राजा मोटर हुइँकाएर राजदरबार पुगे । तत्काल आई’जीपी ढुण्डीराज शर्मालाई फोन सम्पर्क गरी ‘अहिले नै तिमी अन्न’पूर्ण मन्दिरको दक्षिणमा रहेको प्रह’री चौकीमा गई त्यहाँ कार्यरत प्रहरी हबल्दा’रलाई जागिरबाट हटाऊ’ भन्ने नि’र्देशन दिए ।
साथै, असनमा सेन्ट्रीमा बसे’को इमान’दार प्रहरीलाई प्रोत्सा’हनस्वरूप एक तह बढुवा गर्न पनि निर्देशन दिए । प्रहरी आईजीपी शर्माले सोहीब’मोजिम गरी दरबारमा जाहेर गरेपछि भोलिपल्ट कर्मचारी वृत्तमा खलबली मच्चिएको थियो । राजा महेन्द्रले आमना’गरिकको भे’षमा छड्के गरिर’हेको थाहा पाएपछि कर्मचारी वृत्त अत्तालिनु स्वाभा:विक पनि थियो ।
राजा महेन्द्र दण्ड–सजाय र पुरस्का’रको सवा’लमा नमुना राजा नै थिए । असल र इमानदार राष्ट्रसेवकलाई उनले पुरस्कार, विभूषण, बढुवा र नगद बक्सिस मात्र होइन, घर, घडेरी र खेतीयोग्य जमिन पनि थुप्रो बाँडेका थिए ।राजदरबारका तत्का’लिन प्रमुख सचिब रेवतीरमण खनालको स्मरणबाट
प्रतिकृया दिनुहोस्