हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवन’को कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्ष’सम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने को’सिस गर्ने गर्छन् । तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन ।
सुरुवातमा जो पार्ट’नर राम्रो लाग्छ, उसँग सम’स्याको सिल’सिला त्यति’बेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवा रीले आफ्नो खुट्टा पसार्न थाल्छ । त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् । ९० की दशककी बलि’उडकी निकै चर्चित अभि’नेत्री मनिषा कोइ’राला पनि ती मध्ये एक हुन् जसको वैवाहिक सम्बन्ध टुटेको छ ।
उनले आफ्नो मनको ढोका’लाई यसरी बन्द गरिदिएकी छिन् कि उनी अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् । मनिषा कोइरा’लाले सन् २०१० जून १९ मा नेपा’लका व्यापारी सम्राट दाहा’लसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह दुई वर्ष पनि टिक्न सकेन । विवाहको केही समयपछि नै मनिषा र उनका श्रीमान्को खटप’ट हुन थालेको थियो ।
विवाहको ६ महिनापछि नै मनिषाले सोसल नेटवर्किङ साइट फेस’बुकमा उनको सबै’भन्दा ठूलो दुश्मन उनका श्रीमान् भएको र आफू उनीसँग बस्न नचाहेको लेखेकी थिइन् । यतिमात्रै होइन, दुई वर्षको विवाहमा उनीहरुबीचको मत’भेद यदि बढ्यो कि उनीह’रुले तत्काल आफ्नो विवाह समाप्त गर्ने बारे निर्णय गरे । यद्यपि, आफ्नो टुटे’को विवाहमा मनि’षाले एक अन्तर’वार्तामा सम्बन्धवि’च्छे’दका लागि उनी आफू नै जिम्मेवार भएको बताएकी छिन् ।
आफ्नो सम्बन्धविच्छे’दबारे कुरा गर्दै मनिषाले भनेकी थिइन्, ‘मेरो विवाहको विषयमा भिन्न विचार थियो । म विवाह गर्न चाहन्थेँ र विवाहित जीव’नमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन । यदि तपाईं एक खराब सम्बन्धमा हुनुहुन्छ भने तपाईं अल’ग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राट’प्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मे’वार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।’
यतिमात्रै हो’इन, सन् २०१२ मा सम्बन्धवि’च्छेद पछि मनिषाको स्वा’स्थ्य लगातार खस्कन थालेको थियो । पछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो । यद्यपि, उपचारपश्चात् मनिषा पूर्ण रुपमा ठिक भ’इसकेकी छिन् । तर विवाह टुटे’पनि उनलाई यसले पूर्ण रुपमा छोड्न सकेको छैन ।
उनले एकप’टक भनेकी थिइन्, ‘मेरो विवाह टु’ट्दा म पूर्ण रुपमा टु’टेकी थिएँ । त्यसपछि मलाई क्यान्सर भएको थाहा भयो । प्रेम मेरो भाग्यमा छैन । कुनै गल’त सम्बन्धमा हुनुको साटो यो तितो सत्यलाई स्विकार गरुँ ।’ ‘म अब कुनै पनि व्यक्ति’लाई आफूलाई दुःखी गर्नका लागि अनुमति दिने छैन ।’- रातोपाटी
प्रतिकृया दिनुहोस्