Sunday, June 4

फाइभजी सेवा परीक्षण गर्ने सरकारको निर्णय, परीक्षण अवधिभर निशुल्क प्रयोग गर्न पाइने

March 17, 2021 1103

सरकारले नेपालमा फा’इभजी सेवा परीक्षण गर्ने निर्ण’य गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको फ्रिक्वेन्सी नीति निर्धार’ण समिति’को हालैको बैठकले यस्तो निर्ण’य गरेको हो ।

आगामी वर्षको नीति तथा कार्य’क्रम र बजेट तयार पार्न सूचना तथा प्रविधि क्षेत्रका सरोका’रवालासँग मन्त्रालयले आयो’जना गरेको छलफल कार्यक्र’ममा बोल्दै मन्त्री गुरुङले फाइभ’जी सेवाको बाटो खुलेको जा’नकारी दिए ।

केही साताअघि निया’मक नेपाल दूरसञ्चार प्राधि’करणले गरेको सिफा’रिसमा समि’तिले फाइभजी परीक्ष’णको निर्णय लिएको हो । फाइभ’जीका लागि फ्रिक्वे’न्सी ब्याण्ड समेत तय गरिएको छ ।

सेवाप्रदाय’कहरुले दूरसञ्चा’र सेवाका लागि तय गरिएका फ्रिक्वेन्सी ब्याण्डमा प्रविधि तटस्थताको आधारमा फाइभजी फ्रिक्वेन्सी निर्धारण गरिएको छ । यद्यपि परीक्ष’णका लागि भने सेवाप्र’दायक कम्पनीह’रुलाई नि:शुल्क रुपमा फ्रिक्वेन्सी उपलब्ध गराइनेछ ।

परीक्षण अवधिमा सेवाप्रदाय’कले ग्राहक’बाट फाइभ’जी सेवको शुल्क लिन पाउने छैनन् । सञ्चारमन्त्री गुरुङले फ्रिक्वेन्सी वितरण र बाँडफाँ’डलाई व्यव’स्थित गर्न नेसनल फ्रिक्वेन्सी स्ट्राटेजी तयार पार्ने निर्णय भएको जानकारी दिए । – टेक पाना

प्रतिकृया दिनुहोस्