नायिका आँचल दवाडी शर्माको आज जन्मदिन । १८ मार्च १९९५ मा उनको जन्म काठमाडौंमा भएको हो । यस आधारमा आज उनी आफ्नो २७औं जन्मदिन मनाउँदैछिन् । आज आँचलको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । सबैले उनलाई जन्मदिनको निकै शुभकामना दिएका छन्
काठमाडौं इन्टरनेसनल कलेजमा स्कुल पढाइ पूरा गरेकी आँचल अभिनेत्री, मोडल र भिजे पनि हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट गरेकी हुन्।पहिलो चलचित्रको सफलतापछि उनले ‘शत्रु गते’ र ‘जोनी जेन्टलम्यान’ चलचित्रमा अभिनय गरेकी थिइन् ।
नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नुअगावै एक सौन्दर्य प्रतियोगिता जितेकी आँचलको पछिल्लो अभिनित चलचित्र ‘दाल भात तरकारी’ हो । नेपाली सिनेमाका साथै उनले दर्जनौंको संख्यामा म्युजिक भिडियोमा अभिनय गरेकी छन् । आँचलले फागुन २९ गते चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह गरिसकेकी छन् ।
केहि दिन अघि अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको बिहे भएको वर्ष दिन पनि पुगेको छ । सो अवसरमा उनीहरू नवजिवन परोपकार समाज पुगेर सेवामा जुटे। उनीहरू लेख्छन्,” नवजीवन परोपकार समाज टोखाको हेरचाहमा रहनुभएका समग्र आमा बुवा दीदी बहिनी तथा दाज भाईहरु प्रति आजको दिन समर्पित गर्दै उहाँहरु बाट सुखमय जिन्दगीको आर्शिवाद लिदै हामीले हाम्रो पहिलो बैबाहिक बर्षगाँठ मनाउँन पाउँदा निकै आनन्द एवं शितलता महशुस गरेका छौँ । हामीलाई आर्शिवाद दिनुहुने नवजिवन परोकार समाजका सम्पूर्ण व्यक्तिहरु प्रति दिलै देखि नमन । “
प्रतिकृया दिनुहोस्