Monday, January 25

कालिञ्चोक भगवतीको दर्शन गर्दै आज बुधबारको राशिफल हेर्नुहोस्

April 22, 2020 803

मेष– सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

वृष– गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला ।

मिथुन– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

कर्कट– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

सिंह– नयाँ काममा हात हाल्ने समय छ । यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला ।

कन्या– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।

तुला– रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ ।

वृश्चिक– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।

धनु– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।

मकर– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला ।

कुम्भ– नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ ।

मीन– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।
आजको दिन शुभ रहोस् ।।

प्रतिकृया दिनुहोस्