Sunday, June 4

छक्क पार्ने कुकुरको यस्तो हर्कत, हेरेर चकित पर्नुहुन्छ (भिडियो सहित)

March 19, 2021 1390

कुकुर तिहारको दिन सर्वत्र कुकुरको चर्चा हुन्छ । घरघरमा कुकुरलाई पूजा गरेर मीठोमीठो खान दिइन्छ । कुकुरलाई यमराजको दूतका रुपमा लिइन्छ।यसले घरको रेखदेख गर्ने, अपराधीहरु पत्ता लगाउने, अनुसन्धानमा सहयोग गर्ने र मानिसको आज्ञापालक र रक्षकका रुपमा काम गर्दै आएको छ । प्राकृतिक एवं दैवी विपत्तिमा पूर्वसूचना दिने कुकुर भैरवको बाहन हो ।

धेरैले कुकुरलाई अति मन पराउछन् । घरमा कुकुर पाल्नु कतिपयको सोख हुन्छ । कतिपय सुरक्षाका लागि कुकुर पाल्छन् । घरपालुवा जनवारमध्ये कुकुर धेरै प्रिय हुने गर्दछ । समय परिवर्तन भएसँगै विभिन्न प्रजातिका कुकुर पाइन्छन् ।

देशमा मात्र होइन कुकुरको खोजी गर्दै नेपालीहरु विश्वभर धाउने गर्छन् । पछिल्ला दिनमा नेपाली भन्दा पनि विदेशी कुकुर नै धेरै देखिन्छन् । कुकुरका फाइदा धेरै छन् । कुकुरले मानिसको स्वास्थ्यमा समेत फाइदा गर्ने एक अनुसन्धानले सार्वजनिक गरेको छ ।

केही समय अगाडि गरिएको अनुसन्धानले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो । अमेरिकाको बार्कपोस्टले कुकुर पाल्नुका फाइदा सार्वजनिक गरेको हो ।

आफ्नो घरको कुकुरलाई आवश्यक कुरा आफैँ सिकाउनुहोस्, अरूलाई तालिम दिन लगाउनु खासै ठीक होइन । कुकुरलाई तालिम दिने अनुभवी व्यक्तिबाट कुकुरको तालिमबारे सिक्न सक्नुहुन्छ । कुकुरलाई तालिम, अभ्यास वा कुनै पनि काम गराउँदा माया र नरम बोली प्रयोग गर्नुहोस् । कुकुरसँग रिसाउँदा परिणाम नकारात्मक निस्किन सक्छ ।

तपाईं केही खाइरहनुभएको छ र नजिकै रहेर कुनै कुकुरले हेरिरहेको छ भने थोरै भए पनि खान दिनुहोस् । यसो गर्दा कुकुर तपाईंसँग निकै खुसी हुनेछ । त्यस कुकुरबाट तपाईंमाथि कहिल्यै खतरा हँुदैन ।

कुकुरलाई खुर्सानी धेरै राखेर बनाएको पिरो खाना कहिल्यै नदिनुहोस् । मरमसलामा बनाएको खाना दिँदा पनि नराम्रै त गर्दैन, तर नदिएकै राम्रो हुन्छ । खोले, रोटी, भात, दूधमा मुछेको ढिँडो र मासु नै उसले मन पराउने खाना हो । यस्ता खानाले कुकुरको स्वास्थ्यमा फाइदा पनि गर्छ ।

कुकुरले खाना खाएलगत्तै दिसा गर्न चाहन्छ । त्यसैले खाना खुवाएपछि दिसा गर्ने ठाउँमा लैजानुपर्छ । खोरबाट बाहिर निकाल्दा ढोकामा कोही मानिस या अन्य कुकुर छ–छैन हेर्नुपर्छ । यसैगरी, कुकुरको घाँटीमा पेटी, डोरी ठीक छ–छैन विचार गर्नुपर्छ । कहिलेकाहीँ बाहिर लैजाँदा कुकुर फुत्किएर अरूमाथि आक्रमण गर्न पनि सक्छ । बाँधेर राखेको कुकुर चुँ–चुँ गर्छ भने उसलाई दिसा–पिसाब लागिरहेको रहेछ भन्ने बुझ्नुपर्छ ।

कुकुरले अघिल्ला दिनमा गरेको दिसाको गन्ध सुँघेर सधैँ उही ठाउँमा दिसा गर्न चाहन्छ । घरमा कुकुर पाल्नुभएको छ भने जानिराख्नुहोस्, तपाईं सुत्ने खाटको नजिक या तल सुत्ने ठाउँ बनाइदिँदा ऊ खुसी हुन्छ । कुकुरलाई सकेसम्म जहिल्यै आफ्नो नजिक राख्नुहोस् ।

कतै जाँदा कुकुरले पछ्यायो या लिएर जानैपर्ने भयो भने गाडीमा उकाल्दा र ओराल्दा विचार पु¥याउनुपर्छ । गाडीमा हुने प्वाल या अन्य अप्ठ्यारो ठाउँमा कुकुरको पन्जा फसेर दुर्घटना निम्तिन सक्छ । अन्य भुस्याहा कुकुर पनि बाटो आसपासमा हुन सक्ने भएकाले आफ्नो कुकुरको मुखमा मजल लगाइदिनुपर्छ ।

सडकपेटीमा हिँडाउँदा तोकिएको साइडमा हिँड्नुपर्छ भने कुकुरलाई आफूभन्दा देब्रेपट्टि राखेर डो¥याउनुपर्छ । कुकुरलाई आवश्यकभन्दा बढी घाममा राख्नुहुँदैन । बिरामी हुने खतरा रहन्छ ।
यहाँ थिचेर भिडियो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्