Friday, July 23

बर्दियाको एउटा खोलामा भेटियाे एक झाेला भरी पैसा

April 22, 2020 899

पुर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया जिल्ला’काे मान खाेलामा गएराति अवैध पैसा फेला प’रेकाे छ । सेताे प्लाष्टिकमा एक झाेला पैसा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

बर्दियाकाे मानखाेला लक’डाउन शुरू भएपछि जिल्ला भित्रिने र बाहिरिने मानिस’हरूकाे चेकजाँच भइरहेकाे स्थान हाे ।

दिनभर प्रहरी परिचालन भएकाे स्थान’मा राति अबेर सेताे झाेलामा पैसा फेला परेकाे थियाे । पैसा कसले र किन राखेकाे हाे भन्ने बारेमा अनुसन्धान भइर’हेकाे जिल्ला प्रशासन कार्यालय, बर्दिया’का प्रमुख प्रेमलाल लामिछानेले न्युज २४ लाई बताउ’नुभयाे ।

फेला परेकाे पैसा ईलाका प्रहरी कार्यालय बाँसगढी’मा ल्याएर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्याल’य बर्दियाले जनाएकाे छ ।

दिनभर मानखाे’लामा सुरक्षा चेकजाँच हुने र भीडभाड समेत हुने भए पनि राति मात्र पैसा फेला परेकाे स्थानीय बासिन्दा रे’शम अधिकारिले बताउनुभयाे । – न्युज २४ नेपाल

प्रतिकृया दिनुहोस्