Monday, May 29

४० वर्षपछि जेलमुक्त दुर्गाप्रसादको डायरीमा: ‘म निर्दोष छु, मेरो लागि त भगवान पनि रहेन रैछ’

March 21, 2021 1127

इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दीपक) ४० वर्षपछि आज भारतको जे’लबाट छुट्नुभयो । दीपक भारतको कोलकातामा रहेको ‘दम दम सेन्ट्रल करेक्सनल होम’ मा जेल जी’वन बिताइरहनुभएको थियो । लामो समयपछि जे’लमुक्त भएसँगै दीपक घर फर्कन लागेपछि उहाँको परिवारमा खुशी छाएको छ । परिवा’रमा मात्र होइन गाउँमा नै एकप्र’कारको उल्लास छाएको छ ।

सन् १९८० मा भा’रतको दार्जिलिङमा प’क्राउ परेयता मु:द्दाको ‘ट्रायल’बिना नै जे’ल जीवन बिताइरहनु भएका उ’हाँलाई शनिबार आफन्तको जिम्मा लगा’इएको भतिज गोपाल तिम्सिनाले बताउनुभयो । उहाँलाई भारतमा रहेको नेपाली दूतावासकै गाडीमा झापाको काँकडभि’ट्टासम्म ल्याइनेछ । आइतबार दीप’कका कान्छो भाइ धर्मानन्द र भतिज गोपाल उ’हाँलाई लिन काँकर’भिट्टा जाँदै हुनुहुन्छ ।

वि.स. २०१७ सालमा जन्मिनुभएका दीपक रोजगा’रीका शिलशिलामा १९ वर्षको उमेरमा भारत जानुभयो । भारतमा गएर कमाउँला, परिवारलाई खुशी दिउँला, आफ्नो भविष्य राम्रो बना’उँला भन्ने उहाँको सपना थियो । तर कारागा’रका कठोर भित्तामा गएर ठोक्कि’न पुग्यो उहाँको सपना ।

दार्जिलिङमा ह त्या आ’रोपमा समातिएका उहाँलाई भारतका विभिन्न जे’लमा राखियो । त्यसबारे परि वारलाई कहीँ कतैबाट पनि जानकासीरी मिलेन । परिवारलाई थाहा नै थिएन, छोरो कहाँ गयो भन्ने । घर परिवार, गाउँमा म’रिसके भन्ने हल्ला समेत फैलियो । विगत ४० वर्षसम्म यही भ्रममै बितिरहेका थिए इला’ममा दीपकको परिवारका दिन । यसैबीच एकाएक आशा’को दियो जल्यो ।

यसरी बाहिर आयो घटना

गोपाल तिम्सिनाका अनुसार, अर्कै मु’द्दामा पक्रा’उ पर्नुभएका र १० वर्ष ‘दमदम करेक्सनल होम’ मै कै’द सजा’य भुक्तान गरेर छुट्नु भएका भारतीय नागरिक राधेश्याम दासले यो घट’ना बाहिर ल्याएका हुन् । त्यसपछि मात्र दीपकबारे थाहा भएको हो ।

दासले आफू थुनामा रहँदा दीपकलाई भेटेको र उहाँले घर इलाम बताएको आधारमा यो कुरा बाहिर ल्याएको बताउनु भएको हो । गोपालका अनुसार दीपकको वास्त’विक नाम दुपड प्रसाद र चिनाको नाम दुर्गा प्रसाद भएको तर भारत जे’लमा बसेपछि उक्त नाम अपभ्रंस भएर दीपक जैशी भएको हो ।

जे’लबाट छुटेपछि दासले सबैभन्दा पहिले को’लकातामा नेपाली महावाणिज्य दूतावासमा दीपककाे बारेमा जानकारी दिनु भएको हो । तर, दूतावासबाट उचित ‘रेस्पोन्स’ नपाएको भन्दै उहाँले यसबारे ‘वेस्ट बंगाल रेडियो क्लब’का पदा’धिकारीलाई खबर गर्नुभयो । भारतको केन्द्रीय सञ्चार मन्त्रालयमा दर्ता भएको यो क्लब त्यस क्षेत्रमा प्रको’पको समयमा सूचना उपलब्ध गराउने, हराएका मानिसको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने तथा आ’पतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने जस्ता सामाजिक काममा सक्रिय रहे’को छ ।

रेडियो क्लबले आफूले सूचना पाएपछि नेपालको उच्च अदालतका पूर्व मुख्य न्यायाधीश विदुरविक्रम थापालाई पत्र लेखेर घ’टनाबारे जानकारी गराएको थियो । क्लबका सचिव अम्बरिस नाग विश्वासले थापालाई गएको ३१ अक्टोबर (१५ कात्तिक) मा पत्र लेखेर आफू’हरूले थुनामा रहेका नेपालीको उ:द्धारका लागि पहल गरिरहेको र नेपालबाट समेत पहल गर्न आग्रह गर्नु भयो । त्यसपछि यो खबर विभि’न्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हुँदै दीप’कको परिवारसम्म पुग्यो ।

दीपकसँगको भेट

दीपक कोल’काताको दमदम जेलमा छन् भन्ने थाहा भइ’सकेपछि गएको फागुनमा उहाँलाई भेट्न दीपकका दाइ प्रकाश, समाजसेवी इन्द्र बस्नेत र भतिजा गोपाल भारत जानु भएको थियो । दमदम जेलको अँध्यारो कोठामा ठूलो बु’वालाई डराइरहेको अवस्था’मा भेट्दा गोपालको मनमा पनि अँध्यारो छायो ।

‘ठूलो बुवा’ले घर परिवार नेपालको भाषा सबै बि’र्सनु भएछ, तर भाइ, दिदीको नाम सोध्दा सबैको नाम भन्नु भयो’, गोपाल भन्नुहुन्छ, ‘नेपाल जानुहुन्छ ? भनेर सोध्दा खुशी हुँदै जान्छु, अहिल्यै जान्छु भन्नु भएको थियो ।’ तर त्यस्तो अव’स्थामा आफ्नो ठूलो बुवा’लाई भेट्दा आफूलाई नरमाइ’लो लागेको गोपाल बताउनुहुन्छ ।

भेट्न जाँदा ठूलो बुवाले लेख्नु भएको डाय’रीसमेत छेवैमा थियो’, गोपाल भन्नुहुन्छ, ‘डायरीमा आधा हिन्दी आधा नेपालीमा मनका कुरा लेखिएका थिए ।’ डायरीमा दीपकले जेलमा दिन बिताउँदा आफ्ना मनका उब्जेका भावना’हरु लेख्नुभयो ।

‘म निर्दो’ष छु । मेरो लागि त भगवान पनि रहेन रैछ भनेर लेखिएको थियो’, गोपालले भन्नुभयो, ‘यो पढ्दा भने आँखाबाट आँ’सुनै झर्यो ।’जे’लभित्र गएर फोटो खिच्न पाइँदैन । गोपा’लले चाहेर पनि त्यो डाय’रीको फोटो भने खिच्न पाउनुभएन ।

फागु’नमा भेट्न जाँदा नेपाली दूतावास र को’लकातामा रहेकाे महावाणिज्य दूतावासले यातायात खर्चबापत पाँच हजार र कोट खर्च पाँच हजार रुपैँया गरी १० हजार रुपैँया सह’योग गरेको गोपालले जानकारी दिनु भयो । नेपाल आएपछि ६/६ महिनामा शारिरीक र मानसिक अवस्थाका’बारेमा जानकारी गराउने जिम्मेवारी दूता’वासलाई दिएको छ ।

‘निको भएपछि अभि’योग लगाइएको सहि हो या होइन यसबारे प्रमाणित गर्नको लागि पुनः भारतको अदालत ल्याउनु पर्छ भनिएको छ’, गोपालले भन्नुभयो । दार्जीलिङबाट पक्रा’उ पर्नु भएका उहाँ’लाई किन जिल्ला र प्रान्तको जेल वा सुधार गृहमा नराखी कोल’काताको ‘दम दम सेन्ट्रल करेक्सनल होम’ जे’लमा पठाइयो भन्ने खुल्न सकेको छैन । सब भन्दा गम्भीर कुरा त उहाँलाई लगाइएको आ’रोप सहि हो या गल’त भन्नेबारेमा समेत थाहा नभएको बताइएको छ ।

परिवारमा आर्थिक स’मस्या

विस. २०२४ सालमा दीपकका बुवाको नि’धन भयो । त्यसपछि गाईले हानेर आमा धनमायाको दाहिने हात का’ट्नुप’र्यो । धनमायाका चार छोरा तीन छोरीमध्ये दुई छोरा र एक छोरीको निधन भैसकेको छ । भएका दुई छोरा र एक छोरी पनि मानसिक सम’स्याका कारण अ’स्वस्थ हुनुहुन्छ ।

आफूलाई लागेको आरो’प र लामो समयसम्मको जेल यात’नाले दीपकको मानसिक सन्तु’लन पनि ठीक छैन । त्यसैमाथि परिवारमा अरु सदस्यहरुको स्वास्थ्य अवस्था पनि ठीक नभएकाले अबको स’मस्या कसरी समाधान गर्ने भन्ने स’मस्यामा रहेको गोपाल बताउनु हुन्छ ।

तर सम’स्या जस्तो भए पनि चार दशक पछि आफ्नो छोरा घर आउने खबरले ८५ वर्षीया आमा धनमायाको अनुहार उज्यालो भएको छ । आँखाभरि खुशीका आँ’शु टिलपिल गरिरहन्छन् । धनमायालाई जेल’ भनेको सजा’ए दिने ठाउँ हो भन्नेसम्म पनि थाहा छैन ।

जे’ल भनेको उहाँलाई आफ्नो छोरोले पैसा कमाउन काम गर्ने ठाउँ भन्ने लागेको छ ।‘कमाउनका लागि घरबाट हिँडेको छोरो घर आउँदा बुढेसकालमा सहारा मिलेको छ, आडभरोसा मिलेको छ’, उहाँले खुशी हुँदै भन्नुभयो । – यो सामग्री सुजाता सुनुवार ले उन्यालो अनलाइनमा लेख्नु भएको छ ।

प्रतिकृया दिनुहोस्