ज्ञानेन्द्र शाहीलाई प्रहरीले प क्राउ परेको छ । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाको’ठीबाटबाट उनलाई मंगलबार प क्राउ गरेको हो ।
लकडाउन उल्लंघन गरेपछि शाहीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए ।
लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शाहीको प क्राउ पछि सामाजिक सञ्जालमा प्र काउको व्यापक विरोध भएको छ । कुहिएको चामल वितरण गर्ने लाई केही नगर्ने भोका जनतालाई खान दिँदा प्रहरी हिरासतमा बस्नु पर्ने यो कस्तो कानुन हो भन्दै सर्वसाधारणले विरोध जनाएका हुन् ।
त्यस्तै चर्चित पत्रकार रवि लामिछानेले समेत ज्ञानेन्द्र शाही पक्राउको बिरोध गरेका छन् । आफ्नो फेसबुक अकउन्टमा एउटा स्टाटस लेख्दै उनले पक्राउको बिरोध गरेका हुन् । हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै
“ज्ञानेन्द्र शाहीले के गरेछन् र पक्राउ परेछन भनेर बुझ्दा जानकारी पाए कि उनले मानिसलाई खाना खुवाउने काम गरेछन् । सरकारले राहत बितरण गरेको होला तर त्यो प्रभावकारी भएको छैन।
कतिपय स्थानीय प्रतिनिधिहरु आफ्ना कार्यकर्तालाई मात्र छानी छानी राहत बाडिरहेकापनि छन्। यस्तो अवस्थामा भोकै परेका नागरिकलाई खर्चको जोहो गरेर राहत दिनु धर्म हो। लकडाउनको उल्लंघन नहुने गरि स्थानीय प्रशासन सङ समन्वय गरेर,सक्नेले सहयोग गर्ने बेला नै यहि हो।
अन्य अपराध गरेका भए बेग्लै कुरा तर महामारीका बेला भोका लाई खाना खुवाउने लाई धन्यवाद दिने हो,सजाय दिने होइन। बिकृतिको चाङमा उभिएको सरकारका बिरोधमा ज्ञानेन्द्रले अलि कडा बोले होलान्,तर भ्रस्टाचार गर्नेलाई समाउने कि भ्रस्टाचार विरुद्ध बोल्नेलाई समाउने?
भोका जनतालाई खाना खुवाएकोमा धन्यवाद दिदै अब प्रशासनले ज्ञानेन्द्र शाहीलाई रिहा गरोस्। ज्ञानेन्द्र जी ले पनि स्थानीय निकायसँग समन्वय गरेर राहत कार्यक्रम संचालन गर्नु पर्छ।”
प्रतिकृया दिनुहोस्