Sunday, June 4

यी अफ्रिकी गायिकाले गाइन् नेपाली चर्चित गीत ‘फूलबुट्टे सारी’ (भिडियो सहित)

March 21, 2021 1960

पछिल्लो समय नेपाली संगीतप्रे’मीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युव’मा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्क’रणहरु सार्वज’निक भइरहेका छन् । हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ ।

युगान्डाकी गायिका दे क्या’प्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्व’जनिक भएको छ । उनको गीतलाई नेपाली दर्शक–स्रोताले मन पराएका छन् । टिकटकमा गीत:को भिडि’योले लाखौं भ्यूज बटुलिसकेको छ ।शब्दो’च्चारणको सुद्ध’तामा धेरै त्रुटी भए पनि गीतको लयमा भने वियोन्सले निकै ध्यान दिएकी छन् ।

यो गीत उनले नेपा’लमा नै बनाएकी हुन् । डिजिटल काठमाडौंमा गीत रेकर्ड गरि’एको छ भने पोष्ट प्रोडक्स’न हाम्रो म्युजि’कमा गरिएको छ । डिका गुरुङले भिडियो डाइरेक्सन गरेका छन् । भिडियोमा वियोन्स स्वयम् फिचर्ड छिन् ।वियोन्सले यस’अघि एउटा नेपाली म्युजिक भिडियो र एउटा टेलिसिरियलमा समेत अभिनय गरेकी थिइन् ।

वरिष्ठ हास्य’कलाकार मदनकृष्ण श्रेष्ठले फुल’बुट्टे सारीको कभर गीतका लागि वियोन्सलाई धन्यवाद दिएका छन् । उनको आवाजको पनि श्रेष्ठले तारिफ गरेका छन् ।कभर गीत सेयर गर्दै उनले र’माइलो शैलीमा फेसबुकमा लेखे’का छन्, ‘यी युगाण्डाकी गायिकाले स:पक्क फुलबुट्टे लुगा नै लगाइवरी कभर संगको रुपमा गाय’की कति राम्रो कति मिठो । सुहाएको पनि उस्तै … आम्मामामा… बाब्बाबाबा… ओहोहोहो…’

नेपाली गीत सं:गीतलाई मन पराइ:दिएकोमा वियोन्सलाई भेटेरै धन्यवाद दिन चाहेको मदनकृष्णले उल्लेख गरेका छन् ।‘तर घर कहाँ हो, युगाण्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कतबााट हो, केही थाहा छैन….हाहा ।फुलबुट्टे सारीको लिजेन्ड भर्सन मदन’कृष्णले गाएका छन् ।

यसअघि यो गीत’का विभिन्न भर्स’नहरु मार्मिक लामा, मिलन अमात्य र आरिश्मा शिवाकोटीको स्वरमा तयार भएको छ । मिलनले गाएको लेडी भर्सन सबैभ:न्दा चर्चित छ ।यसलाई चार करोडभन्दा बढीपटक हेरिसकिएको छ । वियो:न्सले गाएको कभ:र सङले पनि राम्रो भ्युज बटुलिरहे:को छ ।

प्रतिकृया दिनुहोस्