सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसन मागेको अडियो बाहिरिएपछि अहिले सामाजिक सञ्जालमा उनको र सरकारको चर्को आलोचना सुरु भएको छ । सबैले सामाजिक सञ्जालको तीव्र बिरोध गरेका छन् ।
त्यस्तैमा चर्चित पत्रकार रवि लामिछानेले आफ्नो फेसबुकमा उक्त समाचार पोस्ट गर्दै गोकुल बास्कोटा भ्रष्ट रहेको र तत्काल पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् । हेर्नुहोस् जस्ताको यस्तै
यी भ्रष्ट हुन्। प्रष्ट थियो, छ र रहिरहन्छ। प्रधानमन्त्रीका सबै भन्दा नजिकका मानिस मध्य एक गोकुल बाँसकोटा।गोकुल जी माथि छानबिन होईन के गरि बचाउने भन्ने छलफल चलेको देखिदैछ। बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरुको कर्तुतपनि हेर्दै जाउ,३ वर्ष बाकी छ। कुरौ…
नोट: प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजिनामा दिनु पर्छ र अबिलम्ब छानबिन शुरु हुनु पर्छ। राजीनामा नदिए “कार्यकक्ष” बाटै पक्राउ गरिनु पर्छ।
प्रतिकृया दिनुहोस्