समाजवादी पार्टी र रा’ष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीक’रण गर्ने सह’मति भएको छ । बुधबार राति भए’को सहमति’अनुसार एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल’ राख्ने सहम’ति भएको हो ।
सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकीकृत पार्टीकाे झण्डा हाल कायम समाज’वादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ । चुनाव चिन्ह भने हाल कायम राजपा’ छाता रहने सहम’ति भएकाे छ । तर नयाँ पार्टीकाे नेतृत्वमा काे काे रहने भन्नेबारे अहिले टुंगाे लागेकाे छैन ।
सरकारले सोमबार पार्टी विभाजन’सम्बन्धी अध्यादेश जारी गरेपछि नेपाली राजनीतिमा एकाएक तरंग छायाे । कतिले समाज’वादी पार्टी फुट्ने अनुमान पनि गरे ।
नभन्दै समाजवादीकी रेणु यादवकाे नेतृत्वमा केही सांसदहरू’ले नयाँ पार्टी दर्ता गर्ने बताएका छन् भने अर्कातिर समाजवा’दी र राजपा’बीच रातारात एकताकाे सहमति भएकाे छ । यसले नेपाली राजनीतिमा फेरि तरंग छाएकाे छ । – न्युज २४ नेपाल
हेर्नुहोस् सहमतिपत्र
प्रतिकृया दिनुहोस्